काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सम्पर्क कमिटीले नयाँ तरिकाले तीज विशेष कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौंको तीनकुनेस्थित ज्येष्ठ नागरिक आवास गृहले सञ्चालन गरिरहेको निःसहाय सेवा सदनका आमाबुवालाई दरका रूपमा खाना खुवाएर बागमती प्रदेश सम्पर्क कमिटीले तीज विशेष कार्यक्रम आयोजना गरेको उपाध्यक्ष सरोज मोहन लामाले जानकारी दिए ।
कमिटीका अध्यक्ष अशोक कुमार ठकुरीको अध्यक्षता र महिला विभागको व्यवस्थापनमा शुक्रबार सहाराविहीन बाआमालाई आश्रय दिँदै आएको उक्त संस्थाका करिब तीन सय आमा बुबालाई तीजको दर खुवाइएको उनले बताए । तीजको दर भनेर बेसहारा बाआमालाई खाना खुवाउँदा उनीहरू अति खुसी भएको उपाध्यक्ष लामाले सुनाए ।
‘सहाराविहीन बाआमाले आफ्नै छोराछोरी आएजस्तै व्यवहार गर्दा हामी भावविभोर भयौं,’ उनले भने, ‘ती बाआमालाई निःसहाय सेवा सदनले आश्रय दिएको रहेछ । नौलो तरिकाले तीज मान्ने उद्देश्य लिएको हुँदा हामी त्यहाँ पुगेका थियौं ।’ कार्यक्रममा आमाबुवालाई नचाएर खुसी बाँड्ने प्रयास गरिएको पनि उनले बताए ।
उक्त कार्यक्रमा एमाले स्थायी कमिटी सदस्य एवम् सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डित, बागमती प्रदेश सम्पर्क कमिटी इन्चार्ज सरस्वती बस्नेत, केन्द्रीय सदस्य कल्पना थापा, सम्पर्क समन्वय कमिटीको संयोजक श्याम बस्नेत, अनुशासन आयोग सदस्य तथा प्रतिनिधिसभा सदस्य रणकुमारी बलम्पाकी मगरलगायत सम्पर्क समन्वय कमिटीका सदस्यहरूको उपस्थिति थियो ।
सोही अवसरमा महिला दिदीबहिनीलाई पनि दर खुवाइएको थियो ।
भिडिओ
फोटो
FACEBOOK COMMENTS