काठमाडौं । नेपालको पर्यटन क्षेत्र कोभिड अघिकै अवस्थामा रहेको छ । पछिल्लो सात वर्षको अवस्थाले यो क्षेत्र अझै कोभिड अघिकै अवस्थामा रहेको देखाएको हो ।
सन् २०१७ मा नेपालमा ९ लाख ४० हजार पर्यटक आएका थिए । ती पर्यटकको औषतमा बसाइ अवधि १२.६ दिन थियो भने खर्च प्रतिदिन औषतमा ५४ अमेरिकी डलर थियो । यसको सात वर्षपछि अर्थात् २०२३ मा १० लाख १४ हजारको संख्यामा पर्यटक आएका छन् भने उनीहरूको बसाइ अवधि १३.२ दिन र खर्च प्रतिदिन औषतमा ४१ अमेरिकी डलर रहेको छ । यो भनेको कोभिड अघिकै अवस्था हो ।
यो सात वर्षका बीचमा कोभिड महामारीले २–३ वर्ष पर्यटकीय गतिविधिमा ठूलो असर पारेको थियो । तर, अहिले विश्वका अधिकांश मुलुकमा पर्यटन गतिविधि पुरानै लयमा फर्केको छ । कोभिड सुरू हुनुअघि सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार जना पर्यटक आएका थिए । ती पर्यटकको औषत बसाइ अवधि १२.७ दिन थियो भने प्रतिपर्यटक औषत दैनिक खर्च ४८ अमेरिकी डलर थियो ।
कोभिडकालमा पर्यटक धेरै नआए पनि उनीहरूको बसाइ अवधि र खर्च धेरै भएको थियो । सन् २०२० मा प्रतिपर्यटक प्रतिदिन खर्च ६५ डलर पुगेको थियो भने उनीहरूको बसाइ अवधि १५ दिनभन्दा धेरै थियो । गत वर्ष १० लाख १४ हजारमात्र पर्यटक आए भने उनीहरूको बसाइ अवधि १३.२ दिन र प्रतिदिन खर्च ४१ डलरमात्र रह्यो । यो तथ्यांकले नेपाली पर्यटन कोभिड अगाडिको अवस्थामा नपुगेको देखिन्छ ।
राष्ट्रिय योजना आयोगले तयार पारी लागु भएको सोह्रौं योजना (२०८१/८२–८५/८६) मा वार्षिक पर्यटन आगमन संख्या २५ लाख पुर्याउने, औसत बसाइ अवधि १५ दिन बनाउने र प्रतिपर्यटक प्रतिदिन औषत खर्च ८५ अमेरिकी डलर पुर्याउने लक्ष्य राखिएको छ । यस्तै, योजनाले कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ७ प्रतिशत पुर्याउने लक्ष्य रहेको छ ।
पर्यटन क्षेत्रका अधिकारीहरूका अनुसार पर्यटक आगमन, बसाइ अवधि र खर्च बढ्न नसक्नुमा पर्यटकका लागि उपयुक्त गन्तव्यको विकास गर्न नसक्नुलाई मुख्य कारण मानिएको छ । नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटकको संख्यासँगै बसाइ अवधि र खर्च बढाउने चुनौती रहेको बताए ।
सोह्रौं योजनाको लक्ष्य पूरा गर्न पूर्वाधार निर्माणमा विस्तार, स्रोत बजार र डिजिटल पेमेन्टको चुहावट नियन्त्रण गर्नु पर्ने देखिएको छ । पूर्वाधारको विस्तार गर्न नसक्दा खर्चालु पर्यटक आगमनमा वृद्धि हृुन सकेको छैन । बाटोदेखि विमानस्थलसम्म सुधार गरेर प्रचारप्रसारमा जोड दिन सके सबै क्षेत्रमा वृद्धि गर्न सकिने विज्ञहरूले बताएका छन् ।
सरकार र यसका निकायले पर्यटक आउने स्रोत बजारमा प्रचारप्रसार गर्न सकेको देखिदैन् ।
प्रचारप्रसार बाहेक युरोप तथा अन्य पर्यटकीय स्रोत बजारमा सिधा हवाई उडान हुन नसक्दा पर्यटक आगमन बढ्न सकेको छैन । विभिन्न मुलुकलाई ट्रान्जिट बनाएर आउँदा हवाई भाडा महँगो पर्ने गरेको छ ।
आयोगको लक्ष्य पूरा गर्न सरकारले भएका विमानस्थलको सञ्चालन, प्रचारप्रसारमा जोड र खर्चालु पर्यटक ल्याउने वातावरण सिर्जना गुर्नपेर्न विज्ञहरूले बताएका छन् । भारतीय पर्यटकलाई २५ हजारभन्दा बढी नगद ल्याउन नदिनु तथा सरकारले पर्यटन उद्योगको नीतिगत सहजता र ल्याएका कार्यक्रम कार्यान्वयन नगर्दा पर्यटनबाट हुने खर्च र बसाइ अवधि कम भएको अनुमान गरिएको छ ।
FACEBOOK COMMENTS