काठमाडौं । कुमारी बैंक लिमिटेडले नारीहरूको महान चाड हरिततालिका तीजका अवसरमा आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला खातावालाका लागि ‘क्यास ब्याक’ योजना सञ्चालनमा ल्याएको छ ।
सरल, सहज तथा नवीनतम सेवा सुविधा दिँदै आएको बैंकले विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला लाभग्राहीहरूका यो योजना ल्याएको हो ।
यसअनुसार खाताहरूबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत रकम भुक्तानी गर्दा तीजको शुभकामनास्वरूप भदौ २० देखि २६ गतेसम्म प्रत्येक दिन २५ सेवाग्राहीलाई १०० रूपैयाँको क्यास ब्याक प्राप्त हुने छ ।
योजनाबाट सेवाग्राहरूको विद्युतीय भुक्तानी प्रयोगमा टेवा पूग्ने विश्वास बैंकले लिएकोे छ ।
विगत २३ वर्षदेखि निरन्तर वित्तीय साक्षरता प्रवर्द्धन गर्दै बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइहरूमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।
