काठमाडौं । वैदेशिक रोजगारीमा ठगीने क्रम बढेको छ । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न नसकेको कारण पछिल्लो समय ठगीको क्रम बढेको हो ।
वैदेशिक रोजगारीका नाममा उजुरी बढेपछि संघीय संसदमा समेत यस सम्बन्धमा आवाज उठ्न थालेको छ । सांसद पे्रम सुवालले वैदेशिक रोजगारका क्रममा महिलामाथि हुने शोषण र ठगीका सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीलाई प्रश्न गर्नु, सुवालले मात्रै यस सम्बन्धमा प्रश्न नगरी अन्य सांसदले पनि प्रश्न उठाउनुले ठगीको घट्ना बढिरहेको देखिन्छ ।
मन्त्रालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा व्यक्तिगत र संस्थागत गरी ४ हजार ८५७ वटा उजुरी परेको जनाएको छ । जसमध्ये २ हजार ४१४ वटा उजुरी फस्र्यौट गरेको जनाएको छ । तथापि ठगीका उजुरीहरू निरन्तर रूपमा बढिरहेका छन् । देशभरका सम्बन्धित कार्यालयहरूमा परेको वैदेशिक रोजगारी सम्बन्धी ठगीका उजुरीहरू अध्ययन गर्दा प्रमाण पुग्ने उजुरीहरू कमै मात्रमा पर्ने गरेको श्रम मन्त्रालयले बताउँदै आएको छ ।
विभाग र यसअन्तर्गतका निकायहरूबाट ती उजुरीहरू उपर अनुसन्धानअघि बढाई कारबाही भइरहेका मन्त्रायले दावी गर्दै आएको छ । खासगरी वैदेशिक रोजगारी सम्बन्धी ठगीबाट बच्नका लागि मन्त्रालयले विभिन्न जानकारीमूलक एवं सचेतनामूलक सूचनाहरू जारी गर्नुका साथै श्रमाधान कल सेन्टरमार्फत चौबिसै घण्टा गुनासो सुनुवाइसम्बन्धी कार्य गर्ने गरेको बताएको छ ।
गत आर्थिक वर्षमा ७ लाख ७१ हजार युवाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका तथ्यांकले देखाएको छ । चालु आवमा ७ लाख ४१ हजार जनाले श्रम स्वीकृति लिएको र दैनिक सरदर दुई हजार ११३ जना श्रम गर्न विदेश गइरहेको मन्त्रालयले जनाएको छ ।
आन्तरिक रोजगारीका अवसरहरू सिर्जना हुन नसकेको कारण वैदेशिक रोजगारीमा रहरभन्दा पनि बाध्यता बन्दै गएको देखिन्छ । देशभित्र उपर्युक्त रोजगारीका अवसरहरू सिर्जना गरी युवाहरूलाई स्वदेशमा नै रहने वातावरण सिर्जना गर्न मन्त्रालयले २०८१ देखि २०९० सालसम्मलाई आन्तरिक रोजगारी दशक अभियान सञ्चालन गर्ने कार्यहरू गरिरहेको जनाएको छ । हालैमात्र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पहलमा सातवटै प्रदेशमा श्रमाधान रोजगार मेला सञ्चालन गरी आन्तरिक रोजगारी प्रवद्र्वन कार्यक्रम सञ्चालन गरिएको थियो ।
मेलामार्पmत १५ हजार युवाले रोजगारी पाएको मन्त्रालयको भनाइ छ । मन्त्रालयले कार्य भिसा बाहेक अन्य भिसामा विदेश गएर काम गरिरहेका युवाको सहजिकरणका लागि श्रम गन्तव्य मुलुकमा नै श्रम स्वीकृति दिने व्यवस्था गरेको जनाएको छ । नेपालबाट खुला भएका गन्तव्य मुलुकमा श्रम स्वीकृति बाहेक जुनसुकै भिषाबाट प्रचलित कानुन बमोजिमको कार्य विदेशी मुलुकमा गरिरहेको भएमा ३० मे, २०२४ सम्म विदेशस्थित नेपाली कूटनीतिक नियोगमा निवेदन दिएमा एक पटकका लागि महिला पुरुष सबैलाई वैधानिकीकरण श्रम स्वीकृति उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS