काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४६ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ७ सय १ दशमलव ९० विन्दुमा पुगेको छ । आज ३ सय २८ कम्पनीको २ करोड २२ लाख ६२ हजार ९ सय २४ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १२ करोड २४ लाख ८ हजार २ सय ४९ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ९३ प्रतिशत, सेन्सेटिभ इन्डेक्स १ दशमलव ३६ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ०६ प्रतिशतले सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ४१ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS