इलेक्ट्रिक कार निर्माता टेस्लाका सीईओ एलन मस्क सन् २०२७ सम्ममा विश्वको पहिलो डलर खर्बपति बन्न सक्नेछन् । उनी कम्तीमा एक खर्ब अमेरिकी डलरको कुल सम्पत्तिका साथ विश्वको पहिलो डलर खर्बपति बन्न सक्ने इन्फर्मा कनेक्ट एकेडेमीको रिपोर्टले देखाएको हो ।
यस्तै डलर खर्बपति बन्न सक्नेको सूचीमा भारतीय व्यापारी गौतम अडानी र मुकेश अम्बानीको नाम पनि अग्रस्थानमा छ ।
रिपोर्टका अनुसार अडानी समूहका मालिक गौतम अडानी सन् २०२८ सम्म र रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानी २०३३ सम्ममा डलर खर्बपतिको सूचीमा पर्न सक्छन् ।
एलन मस्क कसरी बन्नेछन् पहिलो डलर खर्बपति ?
एलन मस्क हाल २३७ अर्ब डलर कुल सम्पत्तिका साथ विश्वका सबैभन्दा धनाढ्य व्यापारी हुन् । यदि उनी २०२७ सम्ममा विश्वको पहिलो डलर खर्बपति बन्न चाहन्छन् भने उनको सम्पत्ति वार्षिक ११० प्रतिशतले वृद्धि हुन जरूरी छ ।
गौतम अडानी बन्न सक्छन् दाेस्राे
गौतम अडानी हाल १०० अर्ब डलरभन्दा कम सम्पत्तिका साथ विश्व अर्बपति सूचकांकमा १३ औं स्थानमा छन् । यदि उनको बन्दरगाहदेखि विद्युतसम्म फैलिएको साम्राज्यले वर्तमानको जस्तै १२३ प्रतिशतको दरले वृद्धि जारी राखे उनी विश्वको दोस्रो डलर खर्बपति बन्न सक्छन् ।
मुकेश अम्बानी तेस्रोकाे सम्भावनामा
रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानी अहिले १११ अर्ब डलरको कुल सम्पत्तिका साथ एसियाकै सबैभन्दा धनी व्यक्ति हुन् । तर, उनले २०३३ मा खर्बपतिको स्थान लिन सक्छन् । उनको तेलदेखि दूरसञ्चार र खुद्रा क्षेत्रको समूह २०३५ मा खर्ब डलरको बजार क्यापको स्थितिसम्म पुग्नेछ । अम्बानीको रिलायन्स इन्डस्ट्रिज लिमिटेड एक मात्र यस्तो भारतीय कम्पनी हो जो यस गन्तव्यमा पुग्न सक्छ ।
खर्ब डलरको बजार क्याप अंक छुने कम्पनीहरूमा ताइवानको सेमिकन्डक्टर निर्माता टीएसएमसी पनि समावेश छ । यसको बजार क्याप हाल ८९३.७ अर्ब डलर छ । उसले अर्को वर्षसम्म यो स्थान हासिल गर्न सक्छ । यसपछि फर्मा दिग्गज एली लिली, ब्रोडकम र टेस्लाको स्थान रहेनछ ।
अहिलेसम्म कोही छैन डलर खर्बपति
इन्फर्मा कनेक्ट एकेडेमीको रिपोर्टअनुसार हालसम्म संसारमा कुनै पनि व्यवसायीले डलर खर्बपतिको दर्जा हासिल गरेको दाबी गरेका छैनन् । यद्यपि, केही सम्भावित बहु-अर्बपति उम्मेदवारहरू छन्, जो चाँडै वा केही समयपछि डलर खर्बपति बन्नेछन् ।
एलन मस्क र गौतम अडानीपछि एनभिडियाका संस्थापक जेन्सेन हुआङ, इन्डोनेसियाली व्यापारी प्राजोगो पंगेस्टु, फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाल्ट र फेसबुकका सीईओ मार्क जुकरबर्ग सम्भावित डलर खर्बपतिको सूचीमा समावेश छन् ।
हाल केही कम्पनीहरू मात्र छन् जसले एक खर्ब डलरको मूल्यांकन पार गरेका छन् । यिनमा माइक्रोसफ्ट, एनभिडिया, एप्पल, अल्फाबेट, अमेजन, साउदी आराम्को र मेटा पर्छन् । पछिल्लो समय अगस्टको अन्तमा वारेन बफेटको बर्कशायर ह्याथवे पनि यसमा समावेश भएको छ ।
एनभिडिया पनि मे २०२३ मा एक खर्ब डलरको क्लबमा सामेल भएको छ । जुनमा यसको मूल्यांकन तीन खर्ब डलरसम्म पुगेको थियो, जसबाट यो विश्वको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी बन्यो । यसमा माइक्रोसफ्ट उसभन्दा अगाडि छ भने एप्पल पछाडि छ । -एजेन्सीको सहयोगमा
FACEBOOK COMMENTS