काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारीक बितरक सिप्रदी ट्रेडिङले टाटा पन्च इभीको रिजनल लन्च काठमाडौं बाहिरका सहरबाट पनि सुरु गरेको छ ।
बिर्तामोडस्थित अलास्का अटोमोबाइल र बिराटनगर स्थित गोयल अटोमा टाटा पन्च ईभीको लन्च गरिएको छ । कार्यक्रममा गाडी बुक गरेर बसेका ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको छ ।
कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रालिका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीको साथै उद्योग बाणिज्य संघका सदस्यहरुको सहभागिता थियो ।
पूर्वको बाटो र माटोलाई सुहाउँदो गाडी भएकोले धेरै ग्राहकहरु पन्च इभीको प्रतीक्षा गरिरहेको र लन्च कार्यक्रममा ग्राहकहरुलाई गाडी हस्तान्तरण गर्न पाउँदा आफूहरु उत्साहित भएको अलास्का अटोमोवाइलको प्रोपाइटर प्रकाश सिवाकोटीले बताए ।
गत चैतमा भएको आइपीएलको समयबाटै गोयल अटो बिराटनगरमा पन्च इभीको सोधपुछ बढेको र अन्ततः गाडी बिराटनगरमा डेलिभरि गर्न पाउँदा गर्व महसुस भएको जानकारी स्नेह गोयलले गराए ।
टाटा पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरिएको हो । पन्च इभी ३३।९९ लाख रुपैयाँ भन्दा दुइ सेगमेन्ट माथिको विशेषताहरु भ्वाइस एसिस्टेड सनरुफको साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटोर एप्पल कार प्लेको आनन्द लिन सक्नु सकिनेछ ।
पन्च ईभी इमपावर्ड प्लस एस एमआर ३३ लाख ९९ हजार, पन्च ईभी इमपावर्ड एलआरको मूल्य ३६ लाख ९९ हजार र पन्च ईभी इमपावर्ड प्लस एसएलआर ३८ लाख ९९ हजार रुपैयाँ पर्ने छ ।
भ्वाइस एसिस्टेड सनरुफको साथै, ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटोर एप्पल कार प्लेको आनन्द लिन सक्नेछन् । पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९०मिमि रहेको छ भने यो ५ स्टार सेफ्टी रेटिंग पाएको कार हो ।
FACEBOOK COMMENTS