काठमाडौं, बैशाख १२- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकष्मिक बैठक बोलाएका छन् । ११ बजे देखि सुरु भएको बैठक अहिले चलिरहेको छ ।
सरकारले अध्यादेश जारी गरेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न आकस्मिक रुपमा बैठक बोलाइएको हो । गत सोमबार सरकारले जारी गरेका दुई अध्यादेशबारे आफ्नै पार्टीभित्र समेत विरोध भइरहेको सन्दर्भमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हो ।
त्यसै गरी बैठकमा कोभिड १९ रोकथामका प्रयासका विषयमा समेत छलफल हुने बताईएको छ।
FACEBOOK COMMENTS