काठमाडौं, बैशाख १३ – कोरोना भाइरसका कारण विश्वभर १ लाख ९५ हजार ९ सय २० जनाको मृत्यु भएको छ । शनिबार विहानको तथ्यांकअनुसार विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या २७ लाख ९० हजार ९ सय ८६ पुगेको छ । विश्वका ७ लाख ८१ हजार ३ सय ८२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
हालसम्म सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेको छ। अमेरिकामा शुक्रबारसम्म ९ लाख २५ हजार ३८ जना संक्रमित रहेका छन् भने ५२ हजार १८५ जनाको मृत्यु भएको छ। अमेरिकामा ९६ हजार ६ सय ७७ जना निको भएका छन् ।
त्यस्तै स्पेनमा २ लाख १९ हजार ७६४ जना संक्रमित रहेका छन् भने २२ हजार ५२४ जनाको मृत्यु भएको छ। त्यस्तै ९२ हजार ३ सय ५५ जना निको भएका छन् ।
इटालीमा अहिलेसम्म १ लाख ९२ हजार ९९४ जना संक्रमित रहेका छन् भने २५ हजार ९६९ जनाको मृत्यु भएको छ भने ६० हजार ४ सय ९८ जना निको भएका छन् ।
फ्रान्समा १ लाख ५९ हजार ८२८ जना संक्रमित रहेका छन् भने २२ हजार २४५ जनाको मृत्यु भएको छ। फ्रान्समा निको हुनेको संख्या ४४ हजार १ सय ९७ रहेको छ ।
त्यस्तै जर्मनीमा १ लाख ५४ हजार ९९९ संक्रमित रहेका छन् भने ५ हजार ७६० जनाको मृत्यु भएको छ भने बेलायतमा १ लाख ४३ हजार ४६४ संक्रमित रहेका छन् भने १९ हजार ५०६ जनाको मृत्यु भएको छ।
FACEBOOK COMMENTS