कुनै समय नेपालीको हातमा मोबाइल फोनको पहुँच कम भएको अबस्थामा जोखिम मोलेर नेपालमा भविष्य देख्दै लगानी गरेको एनसेल आजबाट २० औं वर्षमा प्रवेश गरेको छ । एनसेल २० वर्ष पुग्दै गर्दा विगतमा फर्केर हेर्ने हो भने मोबाइल सेवा प्रदायको क्षेत्रमा पुर्याएको योगदान र पहुँचको विस्तारमा ठुलो भूमिका मात्र खेलेन एउटा क्रान्ति नै ल्याउन सफल भयो ।
कुनै समय यस्तो थियो, बल्ल बल्ल मोबाइल सेट हात लागे पनि सिमकार्ड लिन ठूलो चिन्ताको विषय हुन्थ्याे । नेपाल टेलिकमको एकमात्र दबदबा रहेको अबस्थामा सिमकार्ड लिन मात्र पनि मोटो रकम बुझाउनुपर्ने नेपालीको बाध्यता थियो । कतिपयले भन्ने पनि गर्थे, नागरिकता बनाउन सजिलो होला, मोबाइलको लागि सिमकार्ड त्यति कठिन छ । जब एनसेल नेपालमा प्रवेश गर्याे सिमकार्ड मात्र नभएर,मोबाइल फोन र दुर्गम स्थानमा फोन नलाग्ने समस्या आजसम्म आइपुग्दा दूर भएको छ ।
अझै एनसेलले नयाँ नयाँ स्किम ल्याउने कार्य जारी छ । मंगलबार १९ औं वार्षिकउत्सवको अवसरमा मोबाइल सेवा प्रदायक एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) का परियोजनाहरु सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गरेको छ । कम्पनीले उक्त अवधिसम्ममा १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु गरि २ अर्ब ९१ करोड ५० लाख अमेरिकी डलर रुपैयाँभन्दा बढिको योगदान गरेको दाबी गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सबै राम्रा कार्यलाई एउटै उद्धेष्य र छातामुनि ल्याउनु महत्वपूर्ण छ भन्ने कुरामा विश्वास गरेर एनसेल फाउन्डेसनको स्थापना गरेको बताए । कार्यक्रममा कम्पनीले थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउनु र दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि योगदान पुर्याउनु फाउन्डेसनको उद्धेष्य रहेको पनि बताएको छ । फाउन्डेसनको उद्धेष्यहरुमा सामाजिक कार्यको धेरै आवश्यक भएकालाई सहयोग गर्ने, डिजिटल डिभाइडलाई कम गर्ने र थप स्वस्थ, र समृद्ध नेपाललाई बढावा दिने रहेको छ । सो अवसरमा कम्पनीले आगामी पाँच वर्षमा कम्पनीले कम्तिमा २० करोड रुपैयाँ सामाजिक पहलहरुमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
एनसेल फाउन्डेसनको आरम्भसँगै १९औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले ‘नाइन्टिन फर नाइन्टिन’ परियोजनाको पनि घोषणा गरेको छ । यस पहल अन्तर्गत सातै प्रदेशबाट छानिएका कुल १९ वटा सामाजिक कार्यहरु कार्यान्वयन गरिने छ ।
प्रत्येक एक आयोजनाले १० लाख सीड फन्डको रुपमा सहयोग प्राप्त गर्नेछन् । गत वर्ष ‘एटीन फर एटीन’ अन्तर्गत खुला गरिएका परियोजनाहरु प्रदेश स्तरमा कार्यान्वयनमा छन् । सन् २००५ मा यो दिन अर्थात सेप्टेम्बर १७ बाट एनसेल (साबिक मेरो मोबाइल) ले आफ्नो सेवा सञ्चालनमा ल्याउँदै यात्रा शुरु गरेको थियो । त्यसबेलादेखि नै कम्पनीले आफ्नो सेवाहरू प्रदान गर्दै नेपालको दूरसञ्चार क्षेत्रमा आमुल परिवर्तन ल्याएको बताएको छ । सेवामा पहुँच सुनिश्चित गराउँदै ग्राहक सेवामा व्यापक परिवर्तन ल्याउनमा ठूलो योगदान दिएको पनि कम्पनीको भनाइ छ ।
सीईओ जाब्बोरले भने, ‘यो यात्रा हाम्रो ग्राहक, साझेदारहरु, सरकारी निकाय तथा नियामक निकायको बलियो साथ र भरोस बिना सम्भव थिएन । यसै साथ र भरोसालाई आगामी दिनको लागि आत्मसाथ गर्दै नेपाललाई डिजिटल भविष्यतर्फ डोयाउन हामी तत्पर छौं ।’ नेपालको एक ठूलो करदाताको रुपमा कम्पनीले आफ्नो स्थापना कालदेखि हालसम्म ३२० अर्ब रुपैयाँभन्दा बढी कर तथा शुल्कहरु बुझाइसकेको र अर्थतन्त्रमा उल्लेखनीय योगदान पुरयाएको पनि बताएको छ ।
वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनले विभिन्न कार्यक्रमहरु जस्तै वृक्षरोपण, शैक्षिक सामग्रि वितरण, स्वास्थ्य शिविर, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग, रक्तदान कार्यक्रम, स्किल क्याम्प लगायतका विभिन्न कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ ।
FACEBOOK COMMENTS