काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा १ लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो ।
यस्तै आज छापावाल सुन प्रति १० ग्राम १ लाख ३३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १० रुपैयाँ घटेर तोलामा १ हजार ८ सय ८० रुपैयाँ कायम भएको हो ।
FACEBOOK COMMENTS