काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित ‘अन्तरबैंक फुटसल प्रतियोगिता-२०८१’ को पुरूष र महिला दुवैतर्फको उपाधि ग्लोबल आईएमई बैंकले जितेको छ ।
संविधान दिवसका अवसरमा असोज ३ गतेदेखि ५ गतेसम्म आयोजना भएको अन्तरबैंक फुटसल प्रतियोगिता-२०८१ मा विभिन्न ३८ वटा बैंक तथा वित्तीय संस्थाहरू सहभागी भएका थिए ।
उक्त प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाको पुरूष र महिलातर्फका टोलीहरू सहभागी रहेका थिए ।
अन्तरबैंक फुटसल-२०८१ प्रतियोगितामा पुरूष र महिला दुवैतर्फ ग्लोबल आईएमई बैंक विजेता हुनुका साथै पुरूष र महिलातर्फका उत्कृष्ट खेलाडी, पुरूषतर्फको सर्वाधिक गोलकर्ता र महिलातर्फको उत्कृष्ट गोलरक्षकको उपाधिसमेत जितेको छ ।
उक्त प्रतियोगितामको फाइनल खेलमा पुरूषतर्फ ग्लोबल आईएमई बैंकले गरिमा विकास बैंक र महिलातर्फ एनआईसी एशिया बैंकलाई हराएको हो । ग्लोबल आईएमई बैंकको पुरूष तथा महिला टोलीले आफ्ना सम्पूर्ण खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
पुरूषतर्फको उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको उपाधि ग्लोबल आईएमई बैंकका शशांक निरौलाले हात पारेका थिए । साथै महिलातर्फको उत्कृष्ट खेलाडीको उपाधि ग्लोबल आईएमई बैैंककी चन्द्रिका भट्टले हात पारेकी छिन् ।
साथै, आफ्नो सबै खेलहरूमा उत्कृष्ट बचाउ गरीरहेकी ग्लोबल आइएमई बैंकको महिला टोलीको गोल रक्षक केश माया गुरूङले प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधिसमेत हात पारेकी छिन् ।
ग्लोबल आईएमई बैंकको पुरूष र महिला टोली एउटै संस्करणमा विजेता भएका हुन् । अन्तरबैंक फुटसल-२०८० मा महिलातर्फको उपाधि पनि ग्लोबल आईएमई बैंकले जितेको थियो । यो वर्षको विजेता उपाधिसँगै ग्लोबल आईएमई बैंकको महिलातर्फको विजेता उपाधि लगातार दोस्रो पटक हो ।
FACEBOOK COMMENTS