काठमाडौं, १५ वैशाख – राष्ट्रिय उपभोक्ता मंचले लकडाउनको समयमा गाउंघर जान लागेकाहरुसँग बढि भाडा लिने व्यवसायी तथा चालकहरु माथि कारवाही गर्न माग गरेको छ । मंचले मुख्य सचिवलाई सम्बोधन गर्दै मागपत्र पेश गरेको हो । मंचका अध्यक्ष प्रेमलाल महर्जनद्वारा हस्ताक्षेरित उक्त पत्रमा मानवीय सेवा जस्तो पवित्र कार्यमा लाग्नु पर्ने सवारी यातायातका व्यवसायीहरुले मानवीय संमवेदनशीलता र बाध्यतालाई समेत परवाह नगरी सवारी भाडा अत्याधिक बढि लिई व्यापक रुपमा ठगी गरेको गुनासो मन्चमा आएको उल्लेख गरिएको छ । पत्रमा भनिएको छ ‘हामीलाई प्राप्त जानकारी अनुसार साविकमा काठमाडौंबाट छुटने बसहरुले एकतर्फी भाडा काठमाडौंबाट धनगढीको लागी १३०० रुपैयां लिने गरेकोमा १८०० लिएको, बुटवलको लागी ८०० लिने गरेकोमा १००० लिएको, पोखराको लागी ३५० लिने गरेकोमा ६०० लिएको, बिरगंजको लागी ७०० लिने गरेकोमा १००० लिएको, जनकपुरको लागी ८०० लिने गरेकोमा १००० लिएको, झापाको लागी १००० लिने गरेकोमा १४०० लिएको गुनासो सम्बन्धीत यात्रुहरुबाट प्राप्त हुन आएकोछ । त्यसैले यस बिषयमा तत्काल आवश्यक छानविन गरी बढि भाडा लिने व्यवसायी तथा चालकहरु माथि कारवाही गरी पाउनको लागी कडा भन्दा कडा कारवाही गरी पाउनको लागी श्रीमानमा अनुरोध गर्दछौं’ ।
FACEBOOK COMMENTS