कञ्चनपुर । कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार चट्याङ लागेर दोधारा चाँदनी नगरपालिका-६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका-१ की २८ वर्षीया हिरामती रानाको मृत्यु भएको हो ।
चट्याङ लागेर दोधारा चाँदनी-६ का ३७ वर्षीय जगदिश सुनार घाइते भएका छन् । रूखमा ओत लाग्ने क्रममा चट्याङ लागेर उनी घाइते भएका प्रहरीले जनाएको छ । उनको प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँँदनीमा उपचार भइरहेको छ ।
FACEBOOK COMMENTS