काठमाडाैँ। दुई दिनको अवरोधपछि बुधबार शेयर बजार पुरानै विन्दुमा फर्किएको छ । यो दिन नेप्से परिसूचक ४९.१८ अंकले बढेर दुई हजार ५१९.५७ विन्दुमा आइपुगेको छ । ठूलो अंकको करेक्सनले घट्दै गएको नेप्से सूचकमा यो दिन बजार बढेको हो । दिनभरजसो उत्तारचढाव देखिएको बजारमा एसियाली विकास बैंक( एडीबी) ले नेपालको अर्थतन्त्र सुधारउन्मुख रहेको भन्दै विज्ञप्ति जारी गरेको थियो, जसको प्रभाव पनि शेयर बजारमा परेको अनुमान लगानीकर्ताको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका ३२७ कम्पनीको १ करोड २४ लाख कित्ता शेयर किनेबेच हुँदा ४ अर्ब ८१ करोड रूपैयाँको कारोबार भएको छ ।
सर्वाधिक कारोबार हुने कम्पनीमा न्यादी ग्रुप पावर, अरूणभ्याली हाइड्रोपावर,सीईडीबी हाइड्रो पावर, हिमालयन रिइन्स्योरेन्स कम्पनी र अपी पावर कम्पनीको शेयर मूल्यमा १२ करोड ३४ लाख रूपैयाँदेखि १५ करोड ६४ लाख रूपैयाँको कारोबार भएको छ । अघिल्लो दिन पाँच अर्ब रूपैयाँमाथिको कारोबार भएको थियो ।
पाँच कम्पनीको शेयर मूल्यमा सर्किट
यो दिन पाँच कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । वेन नेपाल लघुवित्त वित्तीय संस्था,न्यादी ग्रुप पावर, युनिक नेपाल लघुवित्त वित्तीय संस्था, सगरमाथा लघुवित्त वित्तीय संस्था र थ्रिस्टार हाइड्रो पावर कम्पनीको शेयरम मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । माथिल्लो मैलुङ खोला जलविद्युत,कुथेली बुखरी स्मेल हाइड्रो पावर, आत्मनिभर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८प्रतिशतभन्दा बढीले बढेको छ । बढेको बजारमा हिमालयन हाइड्रोपावर, स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६.११ प्रतिशतदेखि ६.३६ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS