काठमाडाैं । दसैंलाई लक्षित गर्दै काठमाडौंको भृकुटीमण्डपमा जुत्ताचप्पल मेला लागिरहेको छ । बजार मूल्यभन्दा विशेष छुटमा स्वदेशी ब्राण्डका विभिन्न मोडलका जुत्ताचप्पल बिक्री भइरहेको हो ।
चाडपर्वका अवसरमा ग्राहकको उच्च मागलाई मध्यनजर गर्दै आकर्षक छुट सुविधासहित जुत्ताचप्पल मेला आयोजना गरिएको हो ।
सीमित अवधिका लागि आयोजित जुत्ताचप्पल मेलामा नेपालमै उत्पादित विभिन्न ब्राण्डका विभिन्न मोडलका जुत्ताचप्पल बिक्री भइरहेको छ । स्वदेशी उत्पादन प्रवर्द्धनको उद्देश्यले आयोजित जुत्ताचप्पल मेलामा ग्राहकको उच्च आकर्षण देखिएको छ ।
मेलामा गोल्डस्टार, शिखर, रन, बोस, शुल्याण्ड, सिल्क, आइडल, एक्स्ट्रा सुजलगायत प्रख्यात ब्राण्डका जुत्ताचप्पल बजार मूल्यभन्दा आधासम्म सस्तोमा बिक्री गरिरहेको आयोजकले बताएको छ ।
हेर्नुहाेस् भिडिओ-
FACEBOOK COMMENTS