काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्थाले संस्थाका सदस्य अनिता देबि कठरियालाई बीमा रकम हस्तान्तरण गरेको छ ।
संस्थाबाट ४ लाख रुपैयाँ लघुउद्यम कर्जा लिएका सदस्य कठरियाको श्रीमान बेचन लाल कठरियाको मृत्यु दावी बापत ४ लाख रुपैयाँ हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।
निजलाई सदस्य अभिभावक कर्जा बीमाअन्तर्गत उक्त बिमा रकम एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा हस्तान्तरण गरिएको मसुरिया, कैलालीका शाखा प्रबन्ध दिपेन्द्र बटालाले बताए ।
मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय मसुरियाका शाखा प्रबन्ध बटाला र कैलारी गाउँपालिका ८ , कैलालीका वडाध्यक्ष तारा मल कठरियाले सदस्य अनिता देबिलाई संयुक्त रुपमा उक्त बिमा रकम हस्तान्तरण गरेका थिए ।
FACEBOOK COMMENTS