काठमाडौं– विश्व कला परिषद एसिया प्रशान्त क्षेत्रको ३७ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ।
नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनको प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरे।
मूख्यमन्त्री पौडेलले नेपालमा निर्यातको सम्भावना भएको एउटा मात्र क्षेत्र हस्तकला भएको बताउँदै यसको निर्यात प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, प्रदेश मन्त्री तथा सांसदको उपस्थिती रहेको थियो।
होटल अन्नपूर्णमा भएको सम्मेलनको क्रममा विभिन्न देशका हस्तकलाका सामान पनि बिक्रीका लागि राखिएको छ। स्वदेशी तथा विदेशी गरि दुई दर्जन हस्तकलाका सामानका स्टलहरु छन्।
विदेशी स्टलहरुमा भारत, चीन, कुवेत, बंगलादेश, काजकस्तान, ओमन, प्यालेस्टाइन, इरान, मलेसिया, श्रीलंका, इण्डोनेसिया, थाइल्याण्ड लगायतका देशबाट एक दर्जन बढी स्टलहरु राखिएका छन्।
FACEBOOK COMMENTS