बुद्धिजिवी हरि चन्द ‘अग्नि पुंज’ ले आफू केपी शर्मा अोली, पुष्पकमल दाहाल प्रचण्ड अथवा माधव कुमार नेपाल भएको भए यसो गर्ने थिए भनेर तिप्पणी गरेका छन् । नेकपा भित्रको राजनितिक सरगर्मीले मुलुक तातिरहेका बेला चन्दको टिप्पणी आम पाठकका लागि मात्र होइन सम्बन्धित नेताहरुका लागि पनि खुराक बन्न सक्छ । आखिर के छ त चन्दको धारणा । उनको फेसबुक वाल चियाउदा यस्तो देखियो ।
यदि म प्रचण्ड वा माधब नेपाल भएको भए के गर्थें? र यदि ओली भएको भए नि? (१०/१० बुँदा पेश छन्)
(पढ्नुहोस्)
——————————————————————————-
१. ओलीसंग यतिबेला सिङ्ग जुदाउनु भन्दा जिल्ला-जिल्ला गएर प्रशिछ्यण चलाउथें, नेपाल बनाउने भिजन तयार गर्थें, त्यो रोडम्याप आम कार्यकतालाई सिकाउथें, ओली खेमाका कार्यकर्तालाई आफ्नो भिजन सुनाई आफ्नो क्याम्पमा तान्थें ।
२. ओली सरकारले गरेका खराब कामहरुको संस्थागत रुपमा पार्टी कमिटी र पद्दतिसंगत पार्टी भित्रै भण्डाफोर गर्थें र ओलीलाई सच्चिन बारबार अपिल गर्थें ।
३. ओली सरकारले गरेका राम्रा कामहरुको खुल्ला रुपमा प्रतिरछ्या गर्थें । सरकारको छाला भुत्ल्याउदा पार्टीको छाला प्वाँल पर्छ भन्ने कुरा मनमा हेक्का राख्ने थिएँ ।
४. ओलीको राजिनामा माँग्ने वा हटाउने प्रयत्न गर्नु भन्दा ओली पछ्यका नेताहरुलाई भेटेर ओली सच्चिनैपर्ने कारणहरुको बारेमा ब्याख्या गर्थें, कन्भिन्स गर्थें ।
५. महाधिबेशनबाट नेतृत्वमा आउनलाई अहिलेदेखि नै आम कार्यकर्ता र नेताहरुसंग निरन्तर सम्पर्क र सम्बन्धमा रहन्थें ।
६. हरेक जिल्लामा आफ्नो प्यानलबाट बहुमत प्रतिनिधी छान्ने रणनीति अहिलेदेखि नै बनाउथें ।
७. शरिर कब्जा गरेर होइन, दील कब्जा गरेर नेता बन्ने प्रयास गर्थें ।
८. आफु निश्कलंक र स्वच्छ छबीको बलियो जगमा टेकेर अघि बढ्थें र बिरोधीहरुको प्रहारलाई रोकिदिने थिएँ ।
९. महाधिबेसन आउदा सम्म ओलीको स्वेच्छाचारिताको कारण उनि निकै कमजोर हुन सक्थे र त्यसको फाइदा उठाउने गरि रणनीति तय गरिन्थ्यो ।
१०. बैचारिक बहसलाई तिब्र पार्ने काम गर्ने थिएं किनकि महाधिबेसनबाट नेतृत्वमा आउन सामान्य गनगन गरेर हुदैन, मदन भण्डारी कसरी उदाए? त्यसरी उदाउने प्रयत्न गरिन्थ्यो ।
यदि म ओली भएको भए के गर्थें?
———————————–
१. पार्टी एकता अघि गरिएका सम्झौता हुबहु लागु गर्थें ।
२. अस्थिरतालाई आधार बनाई सम्झौता लागु गर्न नसकिने अवस्थामा पार्टीभित्र साझा छलफलद्वारा समस्याको समाधान गर्ने थिएँ ।
३. सरकारलाई पार्टी नेतृत्वको आम सहमतीमा चलाउने थिएँ ।
४. नेतृत्व तहमा रहेका सबैका चासोहरु सकेसम्म पुरा गरिदिने कोशिष गर्ने थिएँ । ति चासोहरु पुरा नहुदा “कमरेडहरु ! यहाँहरुका चासोहरु यतिबेला यो कारणले पुरा हुन सकेनन्” भनेर प्रष्ट पार्ने काम गर्ने थिएँ ।
५. महत्वपुर्ण निर्णयहरु गर्दा र कदमहरु चाल्दा पार्टी सचिबालयलाई बिश्वासमा लिएर नै गर्ने थिएँ । बिश्वासमा लिन सकिएन भने अध्यछ्य र प्रमको अधिकार प्रयोग गरि ति कामहरु गर्ने थिएँ र सचिबालयलाई बिस्तारै सम्झाउदै जाने थिएँ ।
६. पार्टी, सरकार, कर्मचारी, नेता, कार्यकर्ता, मेडिया र जनतालाई एकापसमा जोड्नलाई एउटा सञ्जाल बनाई अघि बढ्ने थिएँ ।
७. मेडियाहरुको लागि बिशेष कार्यक्रम ल्याएर सकारात्मक हिसाबले परिचालन गर्ने संयन्त्र बनाउने थिएँ ।
८. यि दुई प्रकारको संजालले सरकारका राम्रा कामहरुलाई तुरुन्तै जनतासम्म पुर्याइहाल्थ्यो जसले गर्दा सरकारको आलोचनाको असर कम पर्न जान्थ्यो ।
९. जनता, कार्यकर्ता, नेता, कर्मचारी र मेडियाबाट आएका आलोचना वा सल्लाह-सुझावलाई हल गर्न अर्को एउटा बिशेष समुह बनाउने थिएँ र त्यसले ति आलोचना र सल्लाहलाई यथाशिघ्र हल गर्ने रणनीति तर्जुमा गर्थ्यो ।
१०. भ्रष्टहरुलाई र कामचोरहरुलाई छेमा दिने काम गर्ने नै थिइन । रु. १ को पनि भ्रष्टाचार गर्नेलाई तुरुन्त कटघरामा उभ्याउने काम गर्ने थिएँ । समग्रमा असल काम गरेर र सामहिक नेतृत्वलाई स्थापित गर्दै अध्यछ्य र प्रमबाट राजिनामा माँग्ने स्थिति नै आउन दिने थिइन ।
नोट: तर क्यार्नु ? भिजन भएपनि राजनीति गर्ने इच्छा छैन बरु राजनीतिग्यलाई सफल बनाउने इच्छा छ तर कसैले चिनेकै होइन
।
FACEBOOK COMMENTS