काठमाडौं, बैशाख २१-आज देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ, हुरीबताससहित पानी पर्ने संभावना रहेको छ । देशमा पश्चिमि वायुको प्रभाव र स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव सक्रिय भएको कारण मेघगर्जन, चट्याङ, हुरीबताससहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको महाशाखाले जनाएको छ । यसकै प्रभावले आज काठमाडौं सहित देशका विभिन्न ठाउँमा पानी पर्नेछ । पूर्व र पश्चिम तराईमा हुरीबतास पनि चल्ने सम्भावना छ । यसैगरी राति पनि केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज भन्दा सोमबार र मंगलबार देशभरकै मौसम अझ धेरै बदली हुने संभावना रहेको छ ।
FACEBOOK COMMENTS