काठमाडौं,बैशाख २१ – मन्त्रिपरिषद बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकमा संसदको आगामी बजेट अधिवेशनका विषयमा केन्द्रीत रहेको बताइएको छ ।
सरकारले सामाजिक दूरी कायम गरि संसदको अधिवेशन गराउन व्यवस्था मिलाइसकेको छ । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।
त्यसै गरी आजको बैठकमा कोराना भाइरसका कारण गरिएको लकडाउनका बारेमा समीक्षा पनि हुने बुझिएको छ।
FACEBOOK COMMENTS