काठमाण्डौं — नेपाल र मलेसियाबीचको श्रम समझदारी (एमओयु) अन्तिम चरणमा पुगेको छ।
विगतमा नेपालले गरेका कैयौं प्रयासलाई बेवास्ता गर्दै आएको मलेसियाले दुई साताअघि श्रम समझदारीको मस्यौदा पठाएको थियो।
उक्त मस्यौदामा समेटिएका अधिकांश बुँदामा सहमति जनाउँदै नेपालले सोही मस्यौदा मलेसिया पठाएको छ।
नेपालले फिर्ता पठाएको मस्यौदामा मलेसियाले सहमति जनाएलगत्तै दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले मलेसियाले पठाएको मस्यौदामा सामान्य संशोधन गरेर पुनः मलेसिया पठाइएकाले आउँदो साता समझदारीपत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको जानकारी दिएको छ।
— नागरीक
