काठमाडाैँ। अब फिल्म हलहरुमा तोकिएकै मूल्यमा दर्शकले सामान खरिद गर्न पाउने भएका छन् ।
वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल चलचित्र संघबीच तोकिएकै मूल्यमा अर्थात् एमआरपी अनुसार सामान बेच्ने सहमती भएको हो ।
कात्तिक ५ गते भएको सहमतिमा अबबाट कुनैपनि चलचित्र हलको परिसरभित्र कुनै पनि व्यवसायीले सिलवन्दी गरिएका खाद्य तथा पेय पदार्थको प्याकेट वा बोतल उपलब्ध गराउँदा एमआरपीमा तोकिएकै मूल्यमा बिक्री गर्नुपर्नेछ। अन्यथा, प्रचलित कानून बमोजिम कारबाही हुने विभागले जनाएको छ।
FACEBOOK COMMENTS