काठमाण्डौँ – एनआईसी एशिया बैंकले तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका, वडा नं. १, डुम्रेमा नयाँ शाखा खोलेको छ ।
डुम्रे शाखाको एनआई सी एशिया बैंकका संचालक राजेन्द्रप्रसाद अर्यालले यही भदौ १४ गते समारोहकाबीच उद्घाटन गरे ।
एनआइसी एसिया बैंकले देशभर २४१ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवम् १८ वटा शाखा रहित बैंकिङ ईकाई सेवा प्रदान गर्दै आएको छ ।
हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ ।
FACEBOOK COMMENTS