काठमाडौं, बैशाख २२ – विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले घरमै बसी अनलाइनमार्फत सहज तथा सरल तरिकाबाट खाता खोली सिमित कारोबारसमेत गर्न सकिने सुविधा प्रारम्भ गरेको छ ।
यसअन्तर्गत ग्राहकले घरबाटै खाता खोली इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङजस्ता सुविधाको तत्काल लाभ लिन सक्ने बैंकले जनाएको छ । मोबाइल बैंकिङ सुविधाअन्तर्गत रिचार्र्ज गर्ने, बिल भुक्तानी, बिमा प्रिमियम भुक्तानी, रकम रकमान्तर गर्ने जस्ता कार्य मोबाइलबाटै गर्न सकिने जनाइएको छ ।
यो सुविधा कोभिड १९ संक्रमण न्यूनीकरण एवं ग्राहकको स्वास्थ सुरक्षाको प्रत्याभूत गरी सीमित अवधि र सीमित कारोबारका लागि प्रदान गरिएको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS