मानिसहरू मोटोपनबाट छुटकारा पाउन कडा मेहनत गर्छन्, तर पनि उनीहरूले चाहेजस्तो नतिजा पाइरहेका हुँदैनन् ।
यदि तपाईं पनि शरीरमा जम्मा भएको अतिरिक्त बोसोलाई घटाउन सकिरहनुभएको छैन भने यो आयुर्वेदिक उपाय अवश्य अपनाउनुहोला । यो घरेलु उपायको मद्दतले तपाईं ‘फ्याट’बाट ‘फिट’ बन्न सक्नुहुन्छ । यो उपाय अपनाउनाले तपाईंले एक महिनाभित्र स्वतः सकारात्मक प्रभावहरू देख्न थाल्नुहुनेछ ।
दिनको सुरूआत कसरी गर्नुपर्छ ?
यदि तपाईं साँच्चै आफ्नो बढ्दो तौल नियन्त्रण गर्न चाहनुहुन्छ भने तपाईंले आफ्नो दिनको सुरूआत मह र कागतीबाट गर्नुपर्छ । हरेक बिहान एक गिलास मनतातो पानी लिनुहोस् । उक्त मनतातो पानीमा मह मिसाउनुहोस् । राम्रो नतिजा पाउनका लागि यसमा कागतीको रस पनि मिसाउन सक्नुहुन्छ । मह र कागतीको यो प्राकृतिक पेय पिएर तपाईंले आफ्नो तौल घटाउने यात्रालाई धेरै हदसम्म सजिलो बनाउन सक्नुहुन्छ ।
आयुर्वेदले के भन्छ ?
मनतातो पानीमा यी दुई चिज मिसाएर पिउँदा शरीरको मेटाबोलिज्म बढ्छ । आयुर्वेदका अनुसार मह र कागती सँगसँगै मिलेर मोटोपन घटाउनमा मद्दत गर्छन् । यो पेय बोसो घटाउन वास्तवमै एक राम्रो विकल्प हुन सक्छ । तर, छिट्टै नतिजा प्राप्त गर्नका लागि नियमित रूपमा योग पनि गर्नुपर्छ ।
मिल्नेछ फाइदैफाइदा
तौल घटाउनुका साथै मह र कागतीबाट बनेको यो प्राकृतिक पेय तपाईंको स्वास्थ्यका लागि निकै फाइदाजनक साबित हुन सक्छ । यो पेयको मद्दतले तपाईंले आफ्नो पेटको स्वास्थ्यलाई धेरै हदसम्म सुधार गर्न सक्नुहुन्छ । पेटसँग सम्बन्धित समस्याहरू जस्तैः अपच, एसिडिटी, ग्यास र कब्जियत हटाउन यो पेय पदार्थ सेवन गर्न सकिन्छ । समग्रमा, तपाईं यो प्राकृतिक पेय पिएर आफ्नो समग्र स्वास्थ्यमा सुधार गर्न सक्नुहुन्छ ।
(यो आर्टिकल सामान्य जानकारीका लागि हो, यसमा उल्लेखित उपाय अपनाउनुअघि चिकित्सकको सल्लाह लिनुहोला)
FACEBOOK COMMENTS