काठमाडौं, बैशाख २५- नेपालमा पछिल्लो २४ घण्टामा साढे १४ सय जनाको कोरोना परीक्षण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ४ सय ५१ वटा परीक्षण भएपनि नयाँ संक्रमण भने देखिएको छैन् ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाको अनुसार अहिलेसम्म पीसीआर विधिबाट १४ हजार ५ सय ९ वाटा परीक्षण भएका छन् भने ५४ हजार ९३ जनाको आरडिटी परीक्षण भएको छ ।
प्रदेश नम्बर १ मा ६ हजार ५ सय ५९, प्रदेश नम्बर २ मा ५ हजार ३ सय ४८ र बागमती प्रदेशमा ९ हजार ४४ जनाको आरडिटी परीक्षण भएको छ ।
देशभर १७ हजार ३ सय ७२ जना क्वारेन्टाइनमा रहेको छन् । आइसोलेसन १ सय ३३ जना रहेको जानकारी दिए। रेड जोनमा ३ सय ३५ जना रहेको मन्त्रालयले जनाएको छ।
अहिले नेपालमा संक्रमितको संख्या ९९ जना रहेको छ । जसमा ७१ पुरुष र २८ महिला रहेका छन् ।
FACEBOOK COMMENTS