वासिङ्टन डिसी । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको लागि प्रारम्भ भएको मतदान जारी छ । स्थानीय समयअनुसार बिहान ७ बजेदेखि मतदानका लागि मतदाताहरु लाम लागेका छन् ।
कतिपय राज्यमा मतदान सुरु भएको केही घण्टा भएको छ भने पश्चिमी तटका राज्यमा मतदान केही समय अगाडिबाट सुरु भइसकेको छ । आज राष्ट्रपति पदसँगै तल्लो सदनको चार सय ३५ र माथिल्लो सदनको एक सयमध्ये ३३ सिटका लागि पनि मतदान भइरहेको छ ।
राष्ट्रपति पदका लागि डेमोक्रयाट पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला हयारिस र रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच मुख्य प्रतिस्पर्धा हुने विज्ञको आकलन छ ।
यसपटकको राष्ट्रपति पदको निर्वाचनको परिणाम सात वटा स्वीङ्ग राज्यमा केन्द्रित हुने देखिएको छ । ती राज्यहरुमा जर्जिया, नर्थक्यारोलिना, पेन्सलभेनिया, एरिजोना मिचिगत, विसकन्सिन र नाभडा छन् । यी सात राज्यमा रातिको १० बजेसम्म मतदान गर्न पाइने छन् ।
अमेरिकाको पूर्वतटीय समयअनुसार राति १० बजेसम्म निर्वाचनको परिणाम आउने भए पनि विजयी घोषणा भने इलोक्ट्रोल कलेजको भोट पश्चात मात्र हुनेछ । त्यसका लागि केही साता कुर्नुपर्ने हुन्छ ।
कूल २३ करोड १० लाख मतदानका लागि योग्य भएको भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि नाम दर्ता गरेका छन् । राष्ट्रपति पदका लागि कूल इलोक्ट्रोल कलेज पाँच सय ३८ मध्ये दुई सय ७० भोट ल्याउनेले जीत हासिल गर्न सक्नेछन् । ‘अर्ली भोटिङ’मार्फत आठ करोड अमेरिकीले मतदानमा भाग लिइसकेका छन् ।
नेपाली मूलका तीन उमेदवार
अमेरिकाको निर्वाचन भइरहँदा विभिन्न तीन राज्यमा नेपाली मूलका तीन जनाले स्थानीय र राज्य तहमा उम्मेदवारी दिएका छन् । जसमा दोस्रो कार्यकालका लागि न्यूयोर्क राज्यको स्टेट एसेम्वली सदस्यको लागि सह्राना श्रेष्ठले उमेदवारी दिएकी छिन् ।
भर्जिनियाको हर्डन सहरको मेयर पदका लागि प्रदीप ढकालले उम्मेदवारी दिएका छन् भने क्यालिफोर्नियाको हर्कुलस सिटीको काउन्सिल सदस्यमा डिल्ली भट्टराईले उमेदवारी दिएका छन् ।
अमेरिकामा नेपाली मूलको तर्फबाट मेरिल्याण्ड राज्य संसद्को सांसद पदमा पहिलो विजयी डा हयारी भण्डारीले हाल दोस्रो कार्यकालका काम गरिरहेकही छिन् ।
FACEBOOK COMMENTS