मदन तिमल्सेना/तनहुँ , बैशाख २५ -दमौलीको सडक र गल्लीहरुमा जिवन विताउदै बसेका बेसहारा, असहायहरु र मजदुरको जीवन अहिले निकै कष्टकर रहेको छ । लकडाउकनको समयमा पसल, होटल तथा रेस्टुरेन्टहरु अहिले पूर्णरुपमा बन्द भएपछि यस्तो बेसहारा, असहाय, मजदुर तथा गरिखानेहरुको गाँस टुटेको छ । यस्ता बेसहारा, असहायह र मजदुरहरु दमौलीमा पनि थुप्रै भेटिछन् । यस्ता बेसहारा, असहाय, मजदुरहरुका लागि दमौलीमा उत्तरशिला टोल विकास संस्थाले निःशुल्क खाना खुवाउने गरेको छ । उक्त मेसमा दैनिक करिब १०० देखि १५० जनालाई खुवाउने गरेको टोलका अध्यक्ष महेन्द्र रिजालले बताए । यसरी खाना खुवाउनको लागि विभिन्न संघसंस्थाहरु, व्याक्तिहरुले नगद , चामल , तरकारीहरु दिएर पनि उत्तरशिला टोललाई सहयोग गर्दै आएको समेत स्पस्ट पारे । आफ्नो छैठौ वैवाहिक बर्षगाँठको अवसरमा बिहिवार एक दिन अाउने जति सबैलाई खाना खुवाउन लागेको निरज थापाले बताए । लकडाउनको अवस्थामा बेरोजगार भएर बसेको समयमा निःशुल्क खाना खान पाएपछि बेसहारा, असहाय तथा मजदुरहरुले खुशि व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS