काठमाडाैँ। अमेरिकाको राष्ट्रपति चुनाव सम्पन्न भएको छ । डोनाल्ड ट्रप्पले पुनः ४ वर्षपछि पुनरागमन गरेका छन् । उनले अघिल्लो पटक २०१६ मा हिलारी क्लिन्टनलाई हराएर पहिलोपटक ४५ औं राष्ट्रपति बनेका थिए ।
दोस्रोपटक २०२० मा भएको चुनावमा उनले जो वाइडेनसँग हारेका थिए । त्यसको ४ वर्षपछि उनले महिला प्रतिस्पर्धाी कमला ह्यारिसलाई हराउँदै राष्ट्रपतिमा धमकेदार इन्ट्री मारेका छन् । यसपटको चुनावमा कमला र ट्रम्पबीच केही रोचक भोटिङ भएको छ ।
यस्ता छन् केही राेचक जानकारीः
१. अमेरिकाको चुनावमा सबैभन्दा धेरै पुरुषको भोट ट्रम्पलाई गएको छ । ट्रम्पलाई ५४ प्रतिशत र ह्यारिसलाई ४४ प्रतिशत मात्र मत प्राप्त भएको छ । यसको अर्थ अमेरिकामा पनि लिङ्गको आधारमा भोट खसेको अनुमान लगाउन सकिन्छ । जसमा ट्रम्पलाई महिलाले ४४ प्रतिशत र ह्यारिसलाई ५४ प्रतिशतले भोट हालेका छन् ।
२. अमेरिकामा कालो जाति र गोरा जातिको विवेद पनि यो भोटले छुट्याएको छ । जसमा गोराजातिले ह्यारिसलाई ४३ प्रतिशत मात्र भोट दिएका छन् ५५ प्रतिशत भोट ट्रम्पमाथि खनिएको छ । त्यस्तै कालाजातिले ८६प्रतिशत भाेट ह्यारिसलाइ खन्याएका छन् भने १२प्रतिशत भाेट मात्र कालाजातिबाट ट्रम्पले पाएका छन् ।
३. ल्याटिन अमेरिका भोट हारिसतर्फ खनिएको छ भने ट्रम्पलाई ४५ प्रतिशत मात्र आएको छ । त्यस्तै एशियन मुलकबासीहरु अर्थात आप्रवासीहरुको भोट हारिसलाई गएको ५६ प्रतिशत ३८ प्रतिशत मात्र ट्रम्पले पाएका छन् ।
४ . उमेरका हिसाबले १८ वर्षदेखि २९ वर्षसम्मकाले ५५ प्रतिशत भोट ह्यारिसलाई हालेका छन् भने ४२प्रतिशत ट्रम्पले पाएका छन् । त्यस्तै, ३०–४४ वर्षका उमेर समूहकाले पनि ५१ प्रतिशत भोट हारिसलाई हालेको देखिन्छ । उता ट्रम्पलाई यो उमेर समूहको ४६ प्रतिशत मात्र मत खसेको छ । ४५ वर्षदेखि ६४ वर्ष उमेर समूहकाले ट्रम्पलाई रोजेका छन् । यो उमेर समूहकाले ५३ प्रतिशत भोट ट्रम्पलाई खसालेका छन् भने ४५ प्रतिशतले ह्यारिसलाई रोजेका छन् । ६५ वर्षमाथिदेखि माथिका उमेर समूहले ५० प्रतिशत भोट ह्यारिसलाई र ४९ प्रतिशत ट्रम्पले पाएका छन् ।
५.स्नातक तह गरेकाहरुले ५७ प्रतिशतले ह्यारिसलाई रोजेका छन् भने ४१ प्रतिशतले ट्रम्पलाई रोजेका छन् । कलजे नपढेका र डिग्री हासिल नगरेकाले ५४ प्रतिशत ट्रम्पलाई भोट दिएका छन् भने ४४ प्रतिशतले ह्यारिसलाई भोट दिएका छन् ।
FACEBOOK COMMENTS