काठमाडौं । नेपालकै अग्रणी ई-कमर्स प्लेटफर्म दराजले आफ्नो बहुप्रतीक्षित सेल ‘दराज ११.११’को आयोजना गर्दैछ । नेपालमा वर्षकै ठूलो सेलका रूपमा परिचित दराज ११.११ यस वर्ष नोभेम्बर ११ देखि २१ सम्म आयोजना हुने भएको छ ।
बहुप्रतीक्षित यस सेलमा थप आकर्षण थप्न यस वर्ष फ्ल्याश सेलमार्फत ८०% सम्म छुट, देशभर निःशुल्क डेलिभरी सुविधा र ३ करोड रूपैयाँसम्मका भौचरहरूका साथै अविश्वसनीय छुटलगायत सुविधाहरूसमेत उपलब्ध हुनेछन् ।
‘ग्राहकहरूको वर्षभरिको प्रतीक्षालाई सार्थक पार्ने सोचका साथ यस वर्षको दराज ११.११ सेलमार्फत हामीले हाम्रा ग्राहकहरूलाई अद्वितीय किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएका छौं,’ दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले भनिन्, ‘यस सेलले ग्राहकहरूका लागि अप्रत्यासित छुटहरू उपलब्ध गराउनुका साथै हजारौं स्थानीय विक्रेताहरूलाई आफ्ना पृथक् उत्पादनहरू प्रदर्शित गर्ने मौका प्रदान गर्नेछ । साथै हाम्रो बृहत् सञ्जालमार्फत देशभरका उपभोक्ताहरूमाझ तिनका पृथक् उत्पादनहरू उपलब्ध गराउन तथा उपभोक्ताहरूलाई स्थानीय ब्राण्डहरूको उत्कृष्ट सामानहरू खोज्न सघाउने हाम्रो विश्वास छ ।’
विविध सामग्रीहरूका विस्तृत शृंखला र ब्राण्डेड उत्पादनहरूमध्ये विशाल छनोटको अवसरसँगै दराज ११.११ किनमेलका लागि एक अतुलनीय गन्तव्य हो । यस वर्षको दराज ११.११ सेलका लागि दराज नेपालले सातवटा डाइमन्ड ब्राण्ड पार्टनरहरू राखेको छ, जसमा सेटाफिल, रोहोतो मेन्थोलाटम, मसलब्लेज, जुभारा, बोट, एडिडास र बाल्ट्रा समावेश छन् ।
प्लेटिनम पार्टनरहरूमा टेक्नो, परफेट्टी, ग्रीनलाइफ एक्स्पिरियन्स, एंकर्स, डा. शेत र एवीबी रहेका छन् । साथै, गोल्ड ब्राण्ड पार्टनरहरूमा भ्यान्स, मुनस्टार, अस्तावुल्फ, ईप्लाजा, मामाअर्थ, पिलग्रिम र जेब्रोनिक्स रहेका छन् ।
यसैगरी, दराजले १० वटा बैंक र २ वटा वालेट पार्टनरहरूसँग मिलेर ११.११ सेलमा प्रिपेमेन्टमार्फत २५०० रूपैयाँसम्मको छुटहरू प्रदान गर्ने व्यवस्था पनि गरेको छ । यी बैंकका डेबिट कार्डहरूमार्फत डिजिटल प्रिपेमेन्ट गर्दा ग्राहकहरूले १५% छुट, अधिकतम २००० रूपैयाँसम्म प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ । यस्तै, क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०% छुट, अधिकतम २५०० रूपैयाँसम्म प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
ग्राहकहरूले नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, ज्योति विकास बैंक र महालक्ष्मी विकास बैंकमार्फत उल्लेखित छुट पाउन सक्नेछन् । त्यस्तै, आफ्नो ई-सेवा र आईएमई पे वालेटमार्फत प्रिपेमेन्ट गर्ने ग्राहकहरूले पनि दराज ११.११ को विभिन्न समयमा छुट प्राप्त गर्न सक्नेछन् ।
यी रोमाञ्चक अफरहरूका साथै यस अभियानमा दैनिक रूपमा ११ रूपैयाँ, १११ रूपैयाँ र ११११ रूपैयाँका डिलहरू पनि सेलमा रहनेछन् । खरिदकर्ताहरूले ६९९ रूपैयाँ, रूपैयाँ ९९९ रूपैयाँ, १९९९ रूपैयाँ र २९९९ रूपैयाँभन्दा कममा उत्कृष्ट डिल्स पाउन सक्नेछन् । साथै, दराज ११.११ सेल अवधिभर कम्तीमा ३५०० रूपैयाँको सामग्री खरिद गर्ने एक भाग्यशाली खरिदकर्ताले प्यानासोनिकको ३५०००० रूपैयाँ मूल्य बराबरको घरायसी सामग्रीको सेट जित्न सक्नेछन् । थप पाँच जना ग्राहकहरूले कामाख्या डेकोर, बागमती प्लास्टिक्स, सेटाफिल, मामाअर्थ र जिना अल्केमीका तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरू पनि जित्न सक्नेछन् ।
दराज नेपालको ११.११ अभियानसम्बन्धी थप जानकारीका लागि https://www.daraz.com.np/#?, दराज नेपालको फेसबुक पेज वा दराज एपमा जान सकिन्छ ।
२०१५ मा स्थापित दराज दक्षिण एसियाकै अग्रणी ई-कमर्स प्लेटफर्म हो । दराजले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । यसले विक्रेता र उपभोक्ताहरूलाई अत्याधुनिक मार्केटप्लेस टेक्नोलोजी प्रदान गर्दछ ।
कम्पनीको मूल उद्देश्य ५० करोड मानिसको द्रुत गतिमा बढिरहेको क्षेत्रमा सेवा पुर्याउनु हो । ई-कमर्स, लजिस्टिक्स, भुक्तानी र वित्तीय सेवाहरूको एकीकृत पूर्वाधार निर्माण गरेर कम्पनीले एक अद्वितीय, व्यक्तिगत किनमेल अनुभव प्रदान र दक्षिण एसियाका समुदायहरूलाई व्यापारको शक्तिको माध्यमबाट उत्थान गर्ने लक्ष्य लिएको छ ।
FACEBOOK COMMENTS