काठमाडाैँ। चौधरी ग्रुपले आर्थिक वर्ष २०८०\०८१ मा सरकारलाई १८ अर्थ ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको छ। यो सरकारको कुल राजश्वमा करिव दुई प्रतिशत (१.९६ प्रतिशत) को योगदान हो। चौधरी ग्रुप अन्तंगत सञ्चालित कम्पनीहरूले सरकारी राजश्वमा गरेको यो योगदान सवैभन्दा उच्च रहेको कम्पनीको दाबी छ ।
आर्थिक मन्दीबाट देशको समय अर्थतन्य प्रभावित रहेको, व्यवसायिक वातावरण सुमधुर नरहेको, उत्पादन तथा निर्माण क्षेत्रको अवस्था कमजोर रहेको पृष्ठभुमिमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको छ। आर्थिक गतिविधिमा आएको संकुचनका कारण सरकारले गत आर्थिक बर्षमा लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको पृष्ठभूमिमा चौधरी ग्रुपको योगदान भने गत आर्थिक वर्षको तुलनामा १५ प्रतिशतले वृद्धि भएको छ।
आर्थिक वर्ष २०७९\०८० को तुलनामा चौधरी ग्रुपले पछिल्लो आर्थिक वर्षमा राजश्वमा पुयाएको योगदान २ अर्ब ३८ करोडले बढेको छ। आर्थिक वर्ष २०७९\०८० मा ग्रुपले १६ अर्थ १४ करोड रुपैयाँ कर तिरेको थियो ।
राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकुल वातावरणकावीच पनि राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पुऱ्याउन सकेकोमा हामीलाई खुसी लागेको छ।
यसले देशको विकास निर्माण र आम नागरिकको सामाजिक सुरक्षामा सरकारी दायित्व निर्वाह गर्न सहयोग पुग्नेछ भन्ने मेरो विश्वास छ,’ चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीले भने । राष्ट्रिय अर्थतन्त्रको विस्तार र देशका विकास परियोजनामा योगदान गर्न पाउँदा हामीले गौरवान्वित महशुस गरेका छौं, । गत पाँच बर्षमा चौधरी यूपले सरकारलाई ७६ अर्व ५४ करोड रुपैयाँ कर तिरेको छ। आर्थिक वर्ष २०७६\७७ मा ९ अर्व ८७ करोड, २०७७\७८ मा १४ अर्थ २८ करोड, २०७८ \७९ मा १७ अर्ब ७२ करोड, २०७९\८० मा १६ अर्ब १४ करोड, २०८०\८१ मा १८ अर्व ५२ करोड रुपैयाँ कर तिरेको हो ।
चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले आफ्नो ग्रुपले स्थापित एवं नयाँ व्यवसाय वृद्धिका माध्यमद्वारा नेपालको राष्ट्रिय अर्थतन्त्रमा सन्तोषजनक योगदान गर्न सकिएको बताए । ‘हामीले प्रत्येक वर्ष राजश्वमा योगदान बढाउँदै लगेका छौं र आगामी वर्षहरूमा पनि यो वृद्धिदर कायम राख्ने हाम्रो लक्ष्य छु, प्रवन्ध निर्देशक चौधरीले भने, चौधरी ग्रुपले नेपाललाई आफ्नो प्रमुख प्राथमिकतामा राखी लगानीको दायरा विस्तार गर्दै आएको छ। हामीले पूर्वाधार र नयाँ प्रविधिमा आधारित व्यवसायमा लगानी गरिरहेका छौं । यसवाट राष्ट्रको समग्र आर्थिक विकासमा योगदान पुग्ने हाम्रो विश्वास छ ।’
नेपालमा व्यवसायिक ग्रुपहरूले सरकारको राजश्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी नहुदा पनि चौधरी ग्रुपले प्रत्येक वर्ष आफ्नो समूहबाट राजश्वमा गरेको योगदानलाई सार्वजनिक गर्दै आएको छ। करदाताको रुपमा व्यवसायकोमार्फत् भुक्तानी गरेको रकम व्यक्तिले तिरेको करमा गणना हुँदैन। यसले कतिपय अवस्थामा जनमानसमा भ्रम उत्पन्न भएको पनि देखिदै आएको छ ।
FACEBOOK COMMENTS