टोरण्टो । प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सर्वसम्मत चयन भएका छन्। शनिबार सम्पन्न मञ्चको चौथो अधिवेशनले २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा मदन अधिकारी, सचिवमा सन्दीप पौडेल, उपसचिवमा कृष्ण पराजुली र विमला कार्की चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिमा लोक गुरुङ, केपी पन्त, सुदर्शन अधिकारी, सुजन खतिवडा, राजन पाईजा, दुर्गा केसी, अरबिन पौडेल, राजु भट्टराई, रिंकु भट्टराई, प्रकाश ढकाल, दिनेश विष्ट, महेश विष्ट, सुदर्शन सापकोटा, सुरेश भट्टराई, हिमाल अर्याल, तारा लामिछाने, र उद्धिम न्यौपाने सदस्यका रूपमा चयन भएका छन्।
अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका रिजन इन्चार्ज प्रभुराम थापा थिए। विशेष अतिथिका रूपमा मञ्च अन्तर्राष्ट्रिय कमिटीका महिला विभाग सदस्य कुन्ती थापा र विभाग उपप्रमुख जानकी कार्कीले शुभकामना मन्तव्य व्यक्त गरे।
कार्यक्रममा एनआरएनए आईसीसीका सह-कोषाध्यक्ष अभिमन्यु बस्नेत, मञ्चका सल्लाहकार संयोजक तथा पूर्व अध्यक्ष रमेश थापा, एनआरएनए आईसीसी सदस्य हेमराज पाण्डे, जीपी फाउन्डेसनका अध्यक्ष केपी निरौला, र विभिन्न संघ-संस्थाका पदाधिकारी र सदस्यहरूले पनि आफ्नो धारणा प्रस्तुत गरे।
अधिवेशनमा भौगोलिक कारणले भौतिक रूपमा उपस्थित हुन नसकेका सदस्यहरूलाई जुममार्फत सहभागी गराइएको थियो। ब्रिटिश कोलम्बियाबाट भुवन खरेल, राजु भट्टराई, अल्बर्टाबाट सन्दीप पौडेल, अरबिन पोखरेल, र रिंकु वाग्ले लगायतले जुममार्फत आफ्नो उपस्थिति जनाए।
कार्यक्रमको अध्यक्षता मञ्चका निवर्तमान अध्यक्ष विश्वम्भर घिमिरेले गरेका थिए। उपाध्यक्ष बेदनिधि गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
नवनिर्वाचित कार्यसमितिले क्यानडामा रहेका नेपालीहरूको हकहित, सामाजिक उत्थान, र संस्कृति संरक्षणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ। रमेश धिताल नेतृत्वको यो समिति प्रवासी नेपालीको समन्वय र एकताका लागि प्रतिबद्ध रहने विश्वास गरिएको छ।
FACEBOOK COMMENTS