काठमाडाैँ। नेपाल स्टक एक्सचेन्जमा सूचिकृत १९ वाणिज्य बैंकमध्ये हालसम्म ६ वटा वाणिज्य बैंकहरुले लाभांश प्रस्ताव गरेका छन् । जसमध्ये सानिमा बैंक, सिटिजन बैंक र एभरेष्ट बैंकको बुक क्लोज भइसकेको छ । अझ १३ वाणिज्य बैंकले अझै लाभांश प्रस्ताव गरेका छैनन् । बैंकहरुले लाभांश प्रस्तावगर्ने क्रम अझै जारी छ ।
एभरेष्ट बैंक
लाभांश प्रस्ताव गरेकामध्ये हालसम्म एभरेष्ट बैंक रहेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १५.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । जसमा १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश दिएको हो । अघिल्लो वर्ष बैंकले २०.५३ प्रतिशत लाभाशं प्रस्ताव दिएको थियो ।
नबिल बैंक
अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयर धनिहरुलाई नबिल बैंकले १० प्रतिशत नगद लाभांश मात्र प्रस्ताव गरेको छ । बैंकले यो पटक बोनस शेयर दिएको छैन । अघिल्लो वर्ष पनि बैंकले १० प्रतिशत नगद लाभांश मात्र दिएको थियो ।
सानिमा बैंक
सानिमा बैंकले आफ्ना शेयर धनिहरुका लागि अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ५.२६ प्रतिशत नगद लाभांश दिएको छ। यो वर्ष बैंकले बोनस शेयर नदिएको हो । अघिल्लो वर्ष बैंकले ९ प्रतिशत बोनस शेयर र ५.७ प्रतिशत नगदगरी १४.७ प्रतिशत लाभांश दिएको थियो ।
ग्लोबल आइएमई बैंक
अघिल्ला आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको ग्लोबल आइएमई बैंकले ५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । बैंकले योपटक नगद लाभांश भने दिएकोछैन । अघिल्लो आर्थिक वर्षमा बैंकले १ प्रतिशत बोनस र ८ प्रतिशत नगदगरी ९ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
सिटिजन बैंक
सिटिजन बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ४.२१ प्रतिशत लाभांश दिएको छ । बैंकले ४ प्रतिशत बोनस र ०.२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । अघिल्लो वर्ष बैंकले ५.७९ प्रतिशत नगद लाभांश मात्र दिएको थियो ।
FACEBOOK COMMENTS