काठमाडौं । काठमाडौं महानगरपालिकाले सातौं मंसिर ८ र ९ गते काठमाडौंमा वुमेन आफ द वर्ल्ड (वाउ) को सातौ संस्करण आयोजना गर्ने भएको छ । महिला र बालिकाले भोगिरहेका समस्याका समाधान खोज्न आपसी सिकाइ र अनुभव आदानप्रदान गर्ने यो महोत्सव लैङ्गिक समानताको प्रवर्द्धन गर्न समर्पित छ।
ब्रिटिस काउन्सिलले काठमाडौँ महानगरपालिका र बेलायतको द वाउ फाउन्डेसन को सहकार्यमा आयोजना गर्न लागेको यस महोत्सवमा नेपाली र बेलायती साझेदारी रहेको छ। खुला वातावरणमा, सबैका लागि पहुँचयोग्य बनाउन यो महोत्सव बगैँचामा आयोजना गरिँदैछ।
महोत्सवमा १० हजारभन्दा बढी व्यक्तिको सहभागिता हुने अपेक्षा गरिएको छ। कार्यक्रम प्रवेश निःशुल्क हुनेछ। लैङ्गिक उत्तरदायी समाज निर्माण गर्न सार्वजनिक सरोकारको विषयमा सम्मेलनले धेरै मानिसलाई एकै ठाँउ ल्याउने अपेक्षा गरिएको महानगरकी उपप्रमुख सुनिता डंगोलले बताइन् । महोत्सवमा १० हजारभन्दा बढी व्यक्तिको सहभागिता रहने अपेक्षा महानगरले गरेको छ ।
दुई दिनसम्म चल्ने महोत्सवमा बिहान योग र बक्सिङ्, चलचित्र प्रदर्शनी, कार्यशाला, अन्तरक्रियात्मक छलफल र संवाद, स्थानीय उत्पादन तथा खानाको प्रदर्शनी र विक्री, गीत, संगीत, नृत्य तथा कला प्रस्तुतिहरू, बालबालिकाका लागि विशेष खेल र मनोरञ्जनात्मक लगायतका विभिन्न कार्यक्रमहरू हुनेछन् ।
FACEBOOK COMMENTS