काठमाडौं । कैलाश हेलिकोप्टर सर्भिसेज लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ ।
आन्तरिक राजस्व कार्यालय, बत्तीसपुतलीले आफ्नो क्षेत्राधिकारका करदातामध्ये आर्थिक वर्ष २०७९/०८० मा कैलाश हेलिकोप्टरले सबैभन्दा बढी आयकर दाखिला गरेको हो ।
शुक्रबार १३औं राष्ट्रिय कर दिवस, २०८१ का अवसरमा कम्पनीलाई सम्मान गरिएको हो ।
प्रमुख कर अधिकृत युवराज श्रेण्ठले कैलाश हेलिकोप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेलाई सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
यसअघि नवौं राष्ट्रिय कर दिवस, २०७७ मा पनि सबैभन्दा बढी आयकर दाखिला गरेर कैलाश हेलिकोप्टर सम्मानित भएको थियो ।
FACEBOOK COMMENTS