काठमाडाैँ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । यो दिन नेप्से परिसूचक १३.०३ अंकले घटेर २ हजार ६६७.४० विन्दुमा बन्द भएको हो । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३२२ कम्पनीको १ करोड ५२ लाख कित्ता किनबेचहुँदा ७ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा जानकी फाइनान्स रहेको छ । कम्पनीको ६० करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फाष्ट्रचर विकास बैंकको ४० करोड ३३ लाख,न्यादी ग्रुप पावरको ३६ करोड ३३ लाख,वेस्ट फाइनान्सको २३ करोड ९८ लाख र रसुवागढी हाइड्रो पावर कम्पनीको १८ करोड ५४लाख रुपैयाँको कोरोबार भएको छ ।
घटेको बजारमा थ्रिस्टार हाइड्रो,न्यादी ग्रुप पावर, नबिल ऋणपत्र, जानकी फाइनान्स, सिभिल र्बैंक ऋणपत्रको शेयर मूल्य ७.६९ प्रतिशतदेखि ९१ प्रतिशतसम्मले बढेको छ ।
सर्वाधिक घट्ने कम्पनीमा सेन्चुरीको ऋणपत्र,माहुली लघुवित्त, नारायणी विकास बैंक, नेपाल फाइनान्स र उन्नती सहकार्य लघुवित्तको शेयर मूल्य ५.०१ प्रतिशतदेखि ७.७५ प्रतिशतले घटेको छ ।
यो दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये विकास र्बैंको समूहको १.६३ प्रतिशतले घटेको छ भने अन्य ११ समूहको सूचक १ प्रतिशतभन्दा तल्लो अंकले घटेको छ । लगानीगत समूह र उत्पादनमूलक समूहको सूचक सामान्य अंकले बढेको छ ।
FACEBOOK COMMENTS