काठमाडौ । नेपाल धितोपात्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ बनेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्ले श्रेष्ठलाई अध्यक्ष नियुक्ति गरेको हो। गत २०पुसमा रमेशकुमार हमालको कार्यकाल सकिएसँगै बोर्ड अध्यक्ष बिहिन थियो।प्रतिस्पर्धा रहेका मुक्ति श्रेष्ठ डा.नवराज अधिकारीलाई हराउँदै श्रेष्ठले बाजि मारेका हुन् ।
त्यसैअनुसार नयाँ अध्यक्ष नियुक्त नहुन्जेल अर्थमन्त्रालयले कर्मचारीलाई नै अध्यक्षको हैसियतमा पठाउँदै आएको थियो।
हमालको कार्यकाल सकिएपछि २०८० माघ ३ गते सरकारले राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।
सो समितिले फागुन १४ गते सूचना जारी गर्दै अध्यक्षमा दरखास्त आह्वान गरेको थियो । अध्यक्षका लागि फागुन ३० गतेसम्म १९ जनाले आवेदन दिए । सोमध्ये ५ जना सर्टलिस्ट परे ।
सर्टलिस्टमा परेका ५ जनालाई असारको पहिलो साता अन्तरवार्ताका लागि बोलाइयो । तर, सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ मात्रै अन्तरवार्ताका लागि आएका थिए । सर्टलिस्टमा परेकाहरुमध्ये चिरञ्जीवी चापागाईँ, कृष्णबहादुर कार्की र नवराज अधिकारी आएनन् ।
अन्तरवार्तामा ३ जना सहभागी नभएपछि धितोपत्र बोर्ड ऐन २०६३ का अनुसार बोर्डको अध्यक्षका तीनजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था छ । २ जना मात्रै अन्तर्वार्तामा आएपछि ३ जनाको नाम सिफारीस गर्न नमिलेपछि पुनः अध्यक्ष छनौट समितिले असार दोस्रो साता एक सूचना जारी गर्दै अध्यक्ष नियुक्ति सम्बन्धी सम्पूर्ण प्रक्रिया रद्ध गरेको थियो ।
सरकारको प्रक्रिया रद्ध गरेपछि सन्तोषनारायण श्रेष्ठले नै सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । श्रेष्ठले दायर गरेको रिटको फैसलाले पुरानै प्रक्रियाबाट अध्यक्ष छनौट प्रक्रियाको बाटो खोलिदिएको थियो ।
त्यसपछि अध्यक्ष चयनका लागि रोकिएको प्रक्रिया फेरि अगाडि बढेको थियो । सर्वोच्च अदालतले पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्तिको बाटो खोलिदिएपछि सरकारले यसअघि अन्तरवार्तामा सहभागी नभएका तीन जनालाई फेरि बोलाएको थियो । पुनः ३ जना मध्ये चिरञ्जीवी चापागाईं भने अन्तिम पटकको अन्तरवातामा नै सहभागी भएनन् ।
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि सिफारिस गर्न गठन भएको समितिले सूचना जारी गर्दै उनीहरूलाई मंसिर ९ गते बिहान ८ बजे अन्तरवार्ताका लागि बोलाएको थियो ।अन्त्यमा सन्तोष नारायणले नियुक्ति पाएकाछ्न।
FACEBOOK COMMENTS