काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भोलि मंगलबार काठमाडौँ ल्याइने भएको छ ।
सहकारी ठगीको आरोपमा पक्राउ परेका लामिछानेको बयान पोखरामा सकिएको छ । उनको बयान सकिएपछि काठमाडौं ल्याउने भएको हो ।
उनलाई कास्की जिल्ला अदालतले थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार अनुमति दिएको छ । उक्त अनुमति पछि उनलाई काठमाडौं ल्याइने भएको हो ।
स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि उनलाई काठमाडौँ ल्याउन लागेको बताइएको छ । लामिछानेलाई काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । लामिछानेलाई काठमाडौंमा पनि अनुसन्धान हुन लागेको हो ।
FACEBOOK COMMENTS