काठमाडाैँ। नवयुक्त नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आजै सपथ लिने भएका छन् । आजै साझ उनले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको हातबाट पद तथा गोपिनियताको सपथ लिने भएका हुन् । सपथ आज लिए पनि बोर्डमा पुगेर कार्यभार भने भोलि सम्हाल्ने जनाइएको छ । अफिस समय सकिएको र कर्मचारीहरु सबै निस्किएको हुँदा भोलि १० बजे बोर्डको कार्यलय पुगेर कार्यभार सम्हाल्ने तयारी रहेको छ ।
उनलाई सोमबार बसेको मन्त्रीपरिषद् बैठकले नियुक्त गरेको थियो । प्रतिस्पर्धाी मुक्ती श्रेष्ठ र डा. नवराज अधिकारीलाई पछाडी पार्दै उनलाई चारवर्षका लागि अध्यक्षको जिम्मेवारी दिइएको हो ।
FACEBOOK COMMENTS