काठमाडौं । सुपारमाई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले साधारण सभाका लागि मंसिर १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । तसर्थ आजसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन तथा कम्पनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीले मंसिर २८ गते वार्षिक साधारण बोलाएको छ ।
्
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र करसहित ५.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
FACEBOOK COMMENTS