अन्जनराज न्यौपाने / तनहुँ- तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईको संक्रियातामा मादक पदार्थ, तरकारी र सुर्तीजन्य सामाग्रीहरु लुकाई छिपाई बोकी ल्याएको ट्रक, बोलेरो जिपहरु गरि ९ सवारीसाधनहरुलाई स्थानीयहरुले रोकी कार्वाही गरेको छ।बुधबार २ बजे रातीको समयपारी बजार एकाइले पक्राउ गरि ब्यास नगरपालिकामा जिम्मा लगाएको हो। बाहिर जिल्लाबाट आएका कुनै पनि तरकारी ,फलफुल ,मादकपदार्थका मालबाहक सवारीसाधनहरुलाई जिल्लामा प्रवेश आगमनमा निषेध गरिएका बेला नियम उलंघन गरि मुग्लिन प्रवेश गरिएका ९ सवारीसाधनहरुलाई स्थानीयहरुले बुधबार पक्राउ गरि ब्यास नगरपालिकाको कार्यालयमा बुझाईएको तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईका अध्यक्ष राजकुमार श्रेष्ठ राकुले बताए ।
तनहुँका प्रमुख जिल्ला अधिकारी वद्रीनाथ अधिकारीले विना विल बुक सवार रहेका सवारी साधन ईज्जत् पत्र बेगर सवार भएका र पास नभएका गाडीहरुलाई जिल्लाको प्रवेशद्वार मुग्लिनमा सवारीसाधनहरु आगमनमा पुर्णरुपले निशेध गरिएको बताए । प्रजिअ अधिकारीले हरेक नागरिक विना बर्दिका प्रहरी भएको बताउदै प्रहरी ,प्रशासन र स्थानीय सरकारको संयुक्त पहलमा चालक र पैदल यात्रुहरुलाई कोरोनाको महामारीका समयमा विना काम घर बाहिर नजान ,आत्याबसेक कामबाहेक विरामी भए एम्बुलेन्स सेवा लिई सजक र सतर्क भई रहन निर्देशन दिए। नियम उलंघन गरि जिल्ला प्रवेश गरेका ९ सवारीसाधनहरुलाई पुनः जिल्ला प्रवेशगरे जरिवाना गरि प्रचलित ऐन कानुन बमोजिमको कार्वाही गरि सोही जिल्लामै फिर्ता गरिएको अधिकारीले बताए ।
नेपाल सरकारले सवारी आगमनकालागि दिईएको कुनैपनि अन्य जिल्लाका पास रद्धगर्ने निर्णय भएसगै भित्रिएका ९ सवारीसाधनहरुमध्ये दुईवटामा १० बोरा चामलका बोरापछाडि भित्री भागमा आधा ट्रक मादक पदार्थ लुकाएर ल्याईएको थियोे। अन्य ८ वटा ट्रक, जिपहरु भारतबाट विरगंज,हेटौंडाहरुहुदै भित्रिएका थिए। गण्डकी प्रदेशकै सुरक्षाका लागि मुग्लिन नाका नै मुख्य नाका भएको बताउदै स्थानीय उद्योगी, ब्यापारी र समाजसेवीहरुले जिल्ला प्रशासन कार्यालय ,जिल्ला प्रहरी कार्यालय र नगरपालिकाको संयुक्त सहकार्यमा लकडाउनलाई अझ प्रभावकारी वनाउनुपर्नै धारणा राखेका थिए।
FACEBOOK COMMENTS