– डि एन घिसिङ
कोरोना के हो भन्ने अब आममानिसलाई पटक्कै नौलो छैन, यसले उब्जाएको संकट मानव समस्या समाधनका निम्ति चुनौतीपूर्ण बन्दै गएको छ।मुख्यत कोभिड १९ का कारण सिर्जित लकडाउनका कारण देशमा आर्थिक र सामाजिक समस्या निम्तने खतरा बढदो छ । यदि यहि अवस्था रहिरहे चरम संकट उत्पन्न हुनेमा दुईमत छैन । त्यो भनेको भयावह स्थितीको परिकल्पना हो । तथापी परिस्थितीले संयमता र धर्यताको खाँचो रहेको दर्शाउँछ । स्वास्थ्य विज्ञहरुको भनाईमा कोरोना भाइरस परिस्थिति अनुसार सक्रिय र निष्क्रिय हुने गर्दछ।
सोसियल डिस्ट्यान्स अर्थात सामाजिक दुरीको अर्थ संक्रमित हुनबाट जोगिनु हो।सामाजिक दुरीको परिभाषालाई सार्वजनिक स्थलको भेलालाई मात्रै ब्याख्या गरियो।
समय र वातावरणले संक्रमणको आधार तय हुन्छ । हामीले केहि तथ्यहरुलाई नजिकबाट नियाल्ने हो भने कोरोनाका कारण भयभित हैन संयमित हुनुपर्ने देखिन्छ।एकातिर संक्रमणको प्राविधिक तथ्य पनि पेचिलो बन्दै गइरहेको छ। शरीरको श्वासप्रश्वास प्रणालीको आधार स्तम्भ फोक्सोलाई केन्द्र बिन्दुमा राखेर हेरिएको छ। जुन मुख र नाकको माध्यमबाट शरीरमा संक्रमण हुने स्थिति रहन्छ । र त्यसलाई सहयोगी वा अहंम भुमिका भने हातले गरिएका क्रियाकलाप नै प्रधान मानिदै आएको छ। यद्यपि मुख र नाकबाट रोग संक्रमित हुने भएता पनि आँखाबाट समेत सर्नसक्ने धारणा राख्दै आइरहेको तथ्य पनि अध्ययनको बिषय बनेको छ।तर यसमा भने प्रशस्त वैज्ञानिक कारण देखिएको छैन। सोसियल डिस्ट्यान्स अर्थात सामाजिक दुरीको अर्थ संक्रमित हुनबाट जोगिनु हो।सामाजिक दुरीको परिभाषालाई सार्वजनिक स्थलको भेलालाई मात्रै ब्याख्या गरियो। के त्यसो भए संख्यात्मक वा गणना पुरकको आधार संक्रमण हुने हो? जुन आफैमा जटिल छ। हो पारिवारिक वा ब्यक्तिगत निकटतममा देखिने जमघट पनि यस मामलमा अछुतो छैन।
संक्रमित हुन जटिल परिस्थितिको सामना गर्नु पर्दैन किनकी, सामन्यातया एकअर्का बीचको साक्षात पनि पर्याप्त रहन्छ।चिकित्सकको भनाइलाई आधार मान्ने हो भने आखाँले नदेखिने हजारौं सुक्ष्म कणको स्थान्तरणको सधै खतरा रहन्छ।यद्यपि भाइरस अर्थात सुक्ष्म कणको सकृय प्रभाव देख्न केहि समयको पावन्दी त छदै छ यसका अलवा दोहोरिने संभावनाले संक्रमणको अवस्थालाई भने जटिल अर्थ्याएको छ।
संक्रमित हुन जटिल परिस्थितिको सामना गर्नु पर्दैन किनकी, सामन्यातया एकअर्का बीचको साक्षात पनि पर्याप्त रहन्छ।चिकित्सकको भनाइलाई आधार मान्ने हो भने आखाँले नदेखिने हजारौं सुक्ष्म कणको स्थान्तरणको सधै खतरा रहन्छ। यद्यपि भाइरस अर्थात सुक्ष्म कणको सकृय प्रभाव देख्न केहि समयको पावन्दी त छदै छ यसका अलवा दोहोरिने संभावनाले संक्रमणको अवस्थालाई भने जटिल अर्थ्याएको छ। एकातिर कोरोना महामारीलाई विकशित राष्ट्रको आर्थिक र पारस्परिक क्षेत्रीय शक्तिसंतुलनको रूपमा समेत हेर्न खोजिएको छ। कोरोना विरुद्धको औषधि वा भ्याक्सिन आबिस्कार गर्ने होडबाजी मात्रै नभएर अस्थिर राजनीतिको सामानाले टसल उत्पन्न भएको स्थिति पनि हो। कोरोना रोग किन गम्भीर बन्यो? कोरोना रोग साच्चिकै डर लाग्दो छ? कोरोना रोग सधैंको लागी अन्त्य कहिले होला ?जस्ता प्रश्नको उत्तर साधरण मानिसको मन र मस्तिष्कले सधैं खोजिएको कुरा हो।साघुँरिएको जीवन र बजारको सिथिलताले आर्थिक गतिमा एकहदसम्म ब्रेक लागेको छ।
यद्यपी सोच्दै नसोचेको परिस्थितिलाई निम्तो दिनु भन्दा संयमित भएर सामाना गर्ने बाहेक आजको दिनमा नयाँ विकल्प केहि पनि छैन।किनकी आगोको सानो झिल्कोले जसरी बस्ती उजाडन सक्छ उसैगरि कोभिड १९ महामारीले मानव जीवनलाई पनि तहसनहस पार्न सक्छ ।
यद्यपी सोच्दै नसोचेको परिस्थितिलाई निम्तो दिनु भन्दा संयमित भएर सामाना गर्ने बाहेक आजको दिनमा नयाँ विकल्प केहि पनि छैन।किनकी आगोको सानो झिल्कोले जसरी बस्ती उजाडन सक्छ उसैगरि कोभिड १९ महामारीले मानव जीवनलाई पनि तहसनहस पार्न सक्छ । अन्य रोग झै कोरोना पनि एक साधरण रोग हुँदो हो, जब यसको नियन्त्रण गर्न औषधीको आबिस्कार संभब रहन्छ।बिश्व स्वास्थ्य संगठनको प्रतिवेदनलाई आधार मान्ने हो भन्ने कोरोना निर्मुल गर्न औषधी आबिस्कार गर्न पनि कम्तीमा केहि बर्ष कुर्नुको विकल्प छैन।तसर्थ उत्पन्न परिस्थिति र सामाजिक उतरदायित्वमा अनुशीलन आवश्यक छ । तब मात्रै म, तपाईं, हामी सबैले कोरोनालाई परास्त गर्न सक्छौ । र त्यो जीतका लागि धर्यता नै ठुलो हतियार हो ।
FACEBOOK COMMENTS