काठमाडौं । सन् २००९ मा स्थापना भएको नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले सुरूवाती दिनदेखि नै भुक्तानी क्षेत्रमा एउटा नयाँ आयाम ल्याएको कुरा त सबैलाई अवगत नै छ । हाल केही वर्षयता भुक्तानी क्षेत्रमा मात्र नभएर अन्य विभिन्न क्षेत्रहरूमा पनि योगदान पुर्याउँदै आएको ईसेवाले सेवा विस्तारका क्रममा अहिले नेपालका ७७ जिल्लाका ७५३ वटै स्थानीय निकायहरूमा आफ्नो एजेन्ट नेटवर्क पुर्याउन सफल भएको छ ।
प्रत्येक नेपालीको हातहातमा पुगिसकेको ईसेवा एउटा व्यक्तिलाई दैनिक जीवनमा आवश्यक पर्ने सबै प्रकारका सेवाहरूको भुक्तानी गर्ने माध्यम बन्नुका साथै यात्रा तथा पर्यटकीय क्षेत्रमा पनि दिन प्रतिदिन अझै परिचित नाम बन्दै गइरेहेको छ । बस, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकटदेखि केबलकारसम्मको टिकट खरिद गर्न सकिने ईसेवाले यात्रुहरूको सहजतासँगै पर्यटकीय विकासमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको छ । प्रयोगकर्ताहरूको आवश्यकताअनुसारका सेवा सुविधाहरू विस्तार गरेर जीवन सहज बनाउने क्रममा ईसेवा थुप्रै नवीनतम सेवाहरू प्रदान गर्न सधैं तत्पर रहेको छ र यसै क्रममा ईसेवाले प्रदान गर्ने एउटा महत्त्वपूर्ण सेवा हो, ईसेवा होटेल्स ।
ईसेवा होटेल्स एउटा यस्तो डिजिटल सेवा हो जसको माध्यमबाट प्रयोगकर्ताहरूले सजिलै होटेल बुक गर्न सक्छन् । नेपालका ५४+ जिल्लाहरूका प्रमुख शहरहरूमा अवस्थित साना, मझौला तथा ठूला होटेलहरू एकै ठाँउबाट सजिलै बुक गर्न सकिने ईसेवा होटेल्स हालको समयमा होटेल बुकिङका लागि एकदम लोकप्रिय बन्दै गएको छ । शहरी क्षेत्रमा रहेका तारेहोटेलहरूदेखि लिएर ग्रामीण भेगमा अवस्थित होमस्टेसम्म बुक गर्न सकिने ईसेवा होटेल्समा करिब ३५०० भन्दा बढी होटेलहरू रहेका छन्, जुन प्रयोगकर्ताहरूले ईसेवा एप वा ईसेवा होटेल्सको वेबसाइटबाट विनाझन्झट छिनभरमा बुक गर्न सक्छन् । ग्राहकहरूको सहजता र परिस्थितिलाई ध्यानमा राख्दै ईसेवा होटेल्समा विना अग्रिम भुक्तानी कुनै पनि शहरमा अवस्थित जुनसुकै होटेल बुक गर्न सकिने र आवश्यकताअनुसार बुकिङ रद्द गर्न सकिने व्यवस्था रहेको छ ।
ग्रामीण क्षेत्रमा अवस्थित होमस्टेहरूलाई पनि समावेशीकरण गर्न तथा आर्थिक रूपमा सशक्त बनाउन ईसेवा होटेल्सले यूएसआईडी ट्रेड एण्ड कम्पेटेटिभनेससँग विभिन्न सहकार्य गर्दै आइरहेको छ । यस सहकार्यले साना तथा मझौला होटेल वा होमस्टेहरूलाई प्राविधिक सहयोगका साथै व्यावसाय सञ्चालनमा पनि थप उत्साह प्रदान गरेको छ । यूएसआईडी ट्रेड एण्ड कम्पेटेटिभनेसको सहयोगमा ईसेवा होटेल्सले ग्रामीण भेगमा रहेका होटेल तथा होमस्टेहरूमार्फत दिगो पर्यटनको विकास हुनका साथै समग्रमा पर्यटन व्यवसायलाई नै बढावा दिँदै आइरहेको छ र आगामी दिनहरूमा पनि यस परियोजनाले पर्यटन, आर्थिक समावेशीकरण र साना तथा मझौला व्यावसायलाई थप प्रोत्साहन गर्नेछ ।
ईसेवा होटेल्सको माध्यमबाट ईसेवाले प्रयोगकर्ताहरूको सहजता र पर्यटकीय विकासका साथै साना तथा मझौला होटेल व्यवसायीको आर्थिक उन्नतिमा समेत योगदान पुर्याउँदै आइरहेको छ । साना तथा मझौला होटेल व्यवसायीको हकमा ईसेवा होटेल्ससँगको साझेदारी देशको बदलिँदो डिजिटल रूपान्तरणमा समावेश भएको महसुस र व्यावसायिक वृद्धिको एउटा बलियो आधार बनेको छ ।
FACEBOOK COMMENTS