स्थानीय क्षेत्रको विकासमा व्यावसायिक ‘भ्यूटावर’को महत्व छ : मन्त्री सिंह
              
                          
            
              
                  
                      
                          
                          	                              
                                                                  
                                                                
                                                              	कर्पोरट खबर                              
                                                      
                          
                               7:44 pm, आइतबार, मंसिर २३, २०८१  
                          
                       
                      
                   
               
              			              
			            			          
                            
                                        
              	      
            
      
झापा । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले दमकमा निर्माण गरिएको व्यावसायिक ‘भ्यूटावर’ले स्थानीय क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने बताएका छन् ।
नेपाली कांग्रेस दमक नगर समितिले आज पार्टी कार्यालयमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यहाँका भ्यूटावरसहित देशभरिका ६ विशेष संरचनाका आयोजना सञ्चालनको चरणमा रहेकाले यसले दूरगामी महत्व राख्ने बताए । दमक–३ स्थित दापगाछीमा सरकारले निर्माण गरेको १८ तले दमक भ्यूटावर ९प्रस्तावित दमक बिजनेस कम्प्लेक्स० को कार्यक्रममा सहभागी हुन आएका उनले राष्ट्रिय गौरवका योजनाका रुपमा रहेका यस्ता सम्पदालाई स्थायी रुपमा सञ्चालन गर्न सरकारले सुरुआत गरेको उल्लेख गरे ।
स्थानीय सरकार वा कुन निकायले सञ्चालन गर्ने भन्ने विषयमा अन्योलता सिर्जना भइरहेको बेला उपप्रधानमन्त्री सिंहले बनेका सरंचनालाई प्रयोगमा ल्याउन सरकार स्पष्ट योजनाका साथ सक्रिय भएको बताए । कांग्रेसलाई व्यवस्थित बनाउन आवश्यक भएको उनले औँल्याए । कांग्रेसभित्र देखिएको बेथितिका कारण मुलुक नै अस्थिर हुने विचार राख्दै उपप्रधानमन्त्री सिंहले देशलाई विकास र समृद्धिमा लैजान फेरि पनि कांग्रेसकै अगुवाइ हुनुपर्नेमा जोड दिए । कांग्रेस पार्टी बलियो भए मात्र देशले प्राप्त गरेको अधिकारसहित उपलब्धि संस्थागत गर्न सकिने उनको भनाइ थियो ।
              
              
              
              		              
		                            
              
                            
                          
                      		
          		          					
				 
				
FACEBOOK COMMENTS