काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण संस्थाको वार्षिक साधारण सभा प्रयोजनार्थ स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको संस्थाले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन ।
FACEBOOK COMMENTS