काठमाडौं । सर्वोत्तम सिमेन्टले लाभांश दिने घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको हो।
कम्पनीको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यो प्रस्तावलाई अब आगामी साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।
साथै, कम्पनीले साधारण सभा र बुक क्लोज मिति पनि घोषणा गरेको छ । लाभांश वितरणसहितका एजेन्डाहरु पारित गर्न कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने भएको छ ।
FACEBOOK COMMENTS