काठमाडौं । सङ्घीय संसद अर्थसमितले श्रमिकहरुलाई ६६ प्रतिशत तलब उपलब्ध गराउन सरकारलाई सुझाव दिएको छ ।
बिहिबार समितिले आगामी आर्थिक वर्ष २०७७/७८ को पूर्व बजेट छलफलको प्रतिवेदन जारी गर्दै सरोकारवालाहरुसँगको पक्षहरुको राय, सल्लाह सुझावका आधारमा निश्कर्ष निकाल्दै विषम परिस्थितिमा रोजगारी गुमाएकाहरुका लागि कम्तिमा दुईतीहाई तलब उपलब्ध गराउन सरकारलाई सुझाव दिएको हो ।
सो सम्बन्धमा श्रमिकहरुलाई सम्बन्धीत श्रमदाता कम्पनीले एकतीहाई अर्थात् ३३.३३ प्रतिशत र सरकारले एकतीहाई(३३.३३) वेहोर्ने गरी व्यवस्था गर्न सरकारलाई समितले सुझाव दिएको छ ।
बाँकी एकतीहाई भाग भने स्वहेम कामदार(श्रमिक)ले वेहोर्नु पर्ने सुझावमा उल्लेख गरिएको छ ।
समितिको सुझाव कार्यान्वयनमा गए कोरोनाका कारण रोजगारी गुमाएका श्रमिकहरुले कुल तलबको दुईतीहाई अर्थात् ६६.६६ प्रतिशत पाउने छन् ।
FACEBOOK COMMENTS