काठमाडौं । बन्दना शर्मालाई ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ प्रदान गरिएको छ ।
सम्पन्न आइसिटी अवार्ड २०२४ को ग्राण्ड फिनाले कार्यक्रममा उनलाई यो अवार्ड प्रदान गरिएको हो । सूचना प्रविधि क्षेत्रको विकासमा उल्लेख्य योगदान पु¥याएका महिलालाई यो अवार्ड प्रदान गरिएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेल र एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२४’ संयुक्तरुपमा शर्मालाई प्रदान गरे ।
नेपाल बैंकको कार्ड तथा डिजिटल बैंकिङ डिभिजन प्रमुखको रूपमा कार्यरत शर्माले यो अवार्डसँगै ३ लाख रूपैयाँ नगद पुरस्कार समेत पाएकी छिन् ।
FACEBOOK COMMENTS