काठमाण्डौं, १५ जेठ टान अध्यक्ष खुम सुवेदीले पर्यटन क्षेत्रका लागि बजेट सकारात्मक रहेको औंल्याएका छन् । कर्पोरेट खबरसँग बोल्दै उनले बजेट बारे धारणा राख्दै भने “रोजगार, तालिम र राहतको कुरा, कर्जाको सुविधा र ब्याजदर, कर छुट, नविन सुचना व्यवस्था प्रणाली लागु गर्ने कुरा सकरात्मक छन् । कार्यन्वयन भयो भने ठिक हुने थियो। मुख्यत कार्यन्वयन हो। “हाम्रोमा बजेट राम्रो पस्कने तर कार्यान्वयन नगर्ने रोग विगत देखी कै छ, यद्यपी अहिलेको अवस्थामा पर्यटन क्षेत्रलाई जोगाउनै पर्ने अवस्थामा सरकारले हाम्रो आवाजलाई सकारात्मक रुपमा लिएको बोध गराएको छ भने पर्यटन उद्योगले सरकारबाट आड भरोषा पाउनेछ भन्ने आशा जगाएको छ । र बजेट कार्यन्वयन गर्नूपर्छ र अरु विकल्प पनि छैन् ” सुवेदीले भने .
FACEBOOK COMMENTS